गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीले घेरे संसद् (तस्बिरहरू)  « Khabarhub

गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीले घेरे संसद् (तस्बिरहरू) 


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा अवरोध गरेका छन् ।

विपक्षी दलहरूको अवरोधका कारण बैठक आधा घण्टका लागि स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्दै नाराबाजी गरे ।

उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म नियमित बैठक चल्न नसक्ने अडान लिएका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र रास्वपाका शिशिर खनालले बोलेपछि संसद्मा अवरोध गरिएको हो । उनीहरूले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएका छन् । बजेट ल्याउने बेलामा उनीहरूले सदन चल्न नदिने अडान लिएका छन् ।

सभामुख देवराज घिमिरेले सत्तापक्षबाट नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिए । घिमिरे बोल्न सुरु गरेपछि विपक्षी दलका सांसदले गृहमन्त्रीको राजीनामा मागेर नाराबाजी गरे । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टालाई रोकेका छन् ।

माओवादी उपमहासचिव पुनले भिजिट भिसा प्रकरणमा अर्बौँको भ्रष्टाचार हुँदा यसमा राजनीतिक संलनग्ता रहेको आशंका गरेका छन् । उनले भिजिट भिसा प्रकरण राजनीतिक संरक्षणबिना सम्भव नभएको टिप्पणी गरे ।

‘अख्तियारले मुख्य आरोपी भनेका तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको देखिन्छ’, उनले भने, ‘विवादित पृष्ठभूमि भएका र यसभन्दा पहिले पनि विभिन्न अनियमिततामा जोडिएका सहसचिवलाई रोजीछाडी कसरी मालदार अड्डामा पठाउनुभयो, के साँच्चै मन्त्रीजीलाई ती सहसचिव एकदम स्वच्छ र सक्षम छन् भनेर हो कि कि अन्य कुनै स्वार्थ थियो ? यो अनुसन्धानको विषय हो ।’

गृहमन्त्री लेखकलाई अनुसन्धानको लागि तत्काल राजीनामा दिन पुनले आग्रह गरे । यसअघि पनि विभिन्न मन्त्रीबारे प्रश्न उठ्दा अहिलेका गृहमन्त्री लेखक तत्कालीन विपक्षमा हुँदा यसरी नै नैतिकताको प्रश्न उठाएको उनले स्मरण गराए । उनले लेखकलाई राजीनामा दिन भनेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १२ : २३ बजे

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।