शेखरको प्रश्न- प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले कहिलेसम्म छुट दिँदै जाने ? « Khabarhub

शेखरको प्रश्न- प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले कहिलेसम्म छुट दिँदै जाने ?


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा सोमबार बिहान भएको पदाधिकारी बैठक आफ्नोबारे केन्द्रित रहेको सुन्दा अचम्म लागेको बताएका छन् ।

विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, प्रधानमन्त्रीले जेठ १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनबारे छलफल होला भनेको त मेरैबारे मात्रै कुरा भएछ’, उनले भने ।

कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेटको भाषा बोल्दासमेत कांग्रेसले आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए ।

कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यस पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने पनि बताएका छन् ।

‘के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?’, कोइरालाले प्रश्न गरे ।

पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्सिँदै गएकोमा पनि उनले चिन्ता व्यक्त गरे ।

कोइरालाले विराटनगरमै आइतबार भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका थिए ।

उक्त कुरालाई लिएर बूढानीलकण्ठमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा पूर्वमहामन्त्री शशांक कोइरालासहितले डा. शेखर, सुनील शर्मा र राजेन्द्र बजगाईंमाथि कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ५ : ३३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी