युवासंघमा क्षितिज थेबेलाई १०० मतको अग्रता « Khabarhub

युवासंघमा क्षितिज थेबेलाई १०० मतको अग्रता


१३ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा सुरूबाटै अहिले अध्यक्षमा क्षितिज थेबेले १०० मतको अग्रता बनाएका छन् । अहिले वर्तमान महासचिव सुमन पुरी फराकिलो मतले पछि परेका छन् । ।

सुरूमा सुमन पुरीले सुरूवातमा अग्रता बनाए पनि अहिले थेबेले ६०७ मतसहित अग्रता बनाएका हुन् । ताजा अवस्थामा थेबेले ६०७ मत पाउँदा ५०७ मत ल्याएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितका नेताहरूको साथ पाएका क्षितिज थेबेले अब जित निकाल्न लागेका छन् ।

मंगलबार बिहान १० बजेदेखि भएको मतदानका क्रममा ३६० जना प्रतिनिधि अनुपस्थित भए । राष्ट्रिय युवा संघको महाधिवेशनमा जम्मा १ हजार ७६४ प्रतिनिधि थिए । तर १ हजार ४ सय ४ जनाले मात्रै नयाँ नेतृत्वका लागि मतदान गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ७ : १४ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली