प्रचण्डको गुनासो- सदन खुलाउँदा माओवादीकै कार्यकर्ताले मलाई दु:ख दिए « Khabarhub

प्रचण्डको गुनासो- सदन खुलाउँदा माओवादीकै कार्यकर्ताले मलाई दु:ख दिए

अध्यादेशबाट ओलीले जथाभावी गर्न खोजेको जिकिर


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सदनमा अवरोध भइरहोस् भन्ने चाहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूले सरकारको त्यही कुरा बुझेर सदन खुलाएको पनि बताएका छन् ।

तर, सम्भावित संकट बुझेर सदन सुचारू हुने वातावरण बनाए पनि माओवादीकै नेता कार्यकर्ताले आफूलाई दु:ख दिएको पनि उनले बताएका छन् ।

‘केही नेता कार्यकर्ताहरुले नबुझेर यसबारेमा मलाई दुःख दिएका छन्’, उनले भने, ‘सदन खुलाउनुको कारण राम्रोसँग बुझ्न आवश्यक छ ।’

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनकव अवरोधलाई देखाएर अध्यादेशमार्फत् बजेट र आफूअनुकूल कानुन ल्याउन चाहेको पनि खुलाए । त्यही कुरा बुझेर आफूहरुले सदनमा सहज वातावरण बनाएको तर्क उनले गरे ।

‘हामीलाई अलिकति टेक्ने आधार भए सदन अवरोध गर्न त समस्या भएन । तर यो सरकारको नेतृत्वले सदनमा अवरोध भइहोस् भन्ने चाहेको छ’, उनले भने, ‘तपाईंहरूले यो कुरा कति बु्झ्नुभएको छ, थाहा छैन । हाम्रा धेरै साथीहरूले बुझेनन्, मलाई दुःख दिए । पटक्कै बुझेनन् ।’

उनले सरकारको नेतृत्वले अहिले पनि सदन नचलोस् भन्ने चाहेको खुलाए । ‘सरकारको नेतृत्वले अहिले पनि सदन नचलोस् भन्ने चाहेको बुझ्यौँ । सदन नचल्दिए हुन्थ्यो भन्ने छ’, उनले भने, ‘सदन भंग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने, चाहे बजेटको कुरा होस्, चाहे अरू ऐनको कुरा होस् । आफू अनुकूल अध्यादेशबाट चलाउन चाहेको बुझेर सदन खोलेका हौँ ।’

साथै, अहिले सत्तारुढ दलको बीचमा पनि दूरी बढ्दो अवस्थामा रहेको उनले बताए । अध्यक्ष प्रचण्डले आफूहरुले अहिलेको राजनीतिक परिस्थितिलाई गहिरोगरी अध्ययन गरिरहेको बताए । उनले भने, ‘अर्कोतिर सत्तामा भएकाहरुको बीचमा जे–जति दूरी, अन्तर के–के छ, के हो भनेर बुझ्नुपर्ने आवश्यकता पनि हामीलाई थियो, छ । त्यही परिस्थितिमा हामीले केही कदम चालेका छौं । सबैले बुझ्नेगरी परिणाम निक्लेकै छ, निस्किन्छ ।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : १३ बजे

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६