प्रचण्डको गुनासो- सदन खुलाउँदा माओवादीकै कार्यकर्ताले मलाई दु:ख दिए | Khabarhub Khabarhub

प्रचण्डको गुनासो- सदन खुलाउँदा माओवादीकै कार्यकर्ताले मलाई दु:ख दिए

अध्यादेशबाट ओलीले जथाभावी गर्न खोजेको जिकिर


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सदनमा अवरोध भइरहोस् भन्ने चाहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूले सरकारको त्यही कुरा बुझेर सदन खुलाएको पनि बताएका छन् ।

तर, सम्भावित संकट बुझेर सदन सुचारू हुने वातावरण बनाए पनि माओवादीकै नेता कार्यकर्ताले आफूलाई दु:ख दिएको पनि उनले बताएका छन् ।

‘केही नेता कार्यकर्ताहरुले नबुझेर यसबारेमा मलाई दुःख दिएका छन्’, उनले भने, ‘सदन खुलाउनुको कारण राम्रोसँग बुझ्न आवश्यक छ ।’

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनकव अवरोधलाई देखाएर अध्यादेशमार्फत् बजेट र आफूअनुकूल कानुन ल्याउन चाहेको पनि खुलाए । त्यही कुरा बुझेर आफूहरुले सदनमा सहज वातावरण बनाएको तर्क उनले गरे ।

‘हामीलाई अलिकति टेक्ने आधार भए सदन अवरोध गर्न त समस्या भएन । तर यो सरकारको नेतृत्वले सदनमा अवरोध भइहोस् भन्ने चाहेको छ’, उनले भने, ‘तपाईंहरूले यो कुरा कति बु्झ्नुभएको छ, थाहा छैन । हाम्रा धेरै साथीहरूले बुझेनन्, मलाई दुःख दिए । पटक्कै बुझेनन् ।’

उनले सरकारको नेतृत्वले अहिले पनि सदन नचलोस् भन्ने चाहेको खुलाए । ‘सरकारको नेतृत्वले अहिले पनि सदन नचलोस् भन्ने चाहेको बुझ्यौँ । सदन नचल्दिए हुन्थ्यो भन्ने छ’, उनले भने, ‘सदन भंग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने, चाहे बजेटको कुरा होस्, चाहे अरू ऐनको कुरा होस् । आफू अनुकूल अध्यादेशबाट चलाउन चाहेको बुझेर सदन खोलेका हौँ ।’

साथै, अहिले सत्तारुढ दलको बीचमा पनि दूरी बढ्दो अवस्थामा रहेको उनले बताए । अध्यक्ष प्रचण्डले आफूहरुले अहिलेको राजनीतिक परिस्थितिलाई गहिरोगरी अध्ययन गरिरहेको बताए । उनले भने, ‘अर्कोतिर सत्तामा भएकाहरुको बीचमा जे–जति दूरी, अन्तर के–के छ, के हो भनेर बुझ्नुपर्ने आवश्यकता पनि हामीलाई थियो, छ । त्यही परिस्थितिमा हामीले केही कदम चालेका छौं । सबैले बुझ्नेगरी परिणाम निक्लेकै छ, निस्किन्छ ।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : १३ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो