अन्तर्राष्ट्रिय दबाबपछि गाजामा राहत वितरण « Khabarhub

अन्तर्राष्ट्रिय दबाबपछि गाजामा राहत वितरण


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएपछि इजरायल मानवीय कोरिडोरमार्फत राहत उपलब्ध गराउन सहमत भएको हो ।

यो सहमतिको केही घण्टा अघिसम्म इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले आकाशबाट राहत खसाल्न अनुमति दिने बताएको थियो ।
यसरी खसालिएको राहतमा अन्तर्राष्ट्रिय निकायले उपलब्ध गराउने पिठोसहित चिनी र प्याकेटका खानेकुरा थिए । त्यस क्षेत्रमा एक महिनादेखि खाद्यान्न अभावका कारण लाखौँ मानिसको कुपोषणको जोखिममा रहेको बताउँदै अन्तर्राष्ट्रिय निकायले यस साताभर इजरायललाई दबाब दिएका थिए ।

आइडिएफले मानवीय कुरामा आफू सचेत रहेको कुरा जनाएको छ । आइडिएफले डी साल्टेसनको पनि व्यवस्था गरेको छ । यसले नौ लाख जनालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि मार्च महिनादेखि गाजामा इजरायलले राहत वितरणमा रोक लगाएको थियो । यसमा मे महिनामा फेरि थप प्रतिबन्द लगाएको थियो ।

गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएचएफ)ले राहत वितरण गरे पनि राहत लिन जानेहरू माथि नै इजरायली सेनाले आक्रमण गर्ने गरेको थियो ।

यसरी राहत वितरण गर्नका लागि बाटो खुला गर्ने प्रयासमा संयुक्त राष्ट्र सङ्घ र बेलायतले सबै भन्दा बढी पहल गरेको थियो थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ०४ बजे

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल