खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर) « Khabarhub

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन । समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ ।

धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावण महिनाको दोस्रो साता हुँदा पनि रोपाइँ गर्न पाएका छैनन् ।

सुख्खा र खडेरीका कारण असार २६ गते मधेस प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने साउन ७ गते बसेको संघीय सरकारको मन्त्रिपरिषद बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेको छैन भने रोपाइँ गरिसकेका खेतहरू पनि धाँजा फाट्ने, धानको बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेलिरहनु परेको छ ।

हरेक वर्ष मलखादको अभाव झेल्दै आएका मधेशका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीको समेत सामना गर्नु परेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ४५ बजे

रवि-बालेन एकतापछि बस्नेतको प्रतिक्रिया- नगर चलाउन नसक्नेले देश चलाउने भ्रम पाल्नु हुन्न

काठमाडौं – नेकपा (एमाले)का सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

सेती पुलको निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र