अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध छानबिन माग गर्दै उजुरी « Khabarhub

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध छानबिन माग गर्दै उजुरी


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध उजुरी परेको छ ।

युवराज पौडेल (सफल) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै प्रमुख राईविरुद्ध उजुरी दिएका हुन् । सफलले राईलाई आवश्यक छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी दिएका हुन् ।

२०८१ मङ्सिर २० गते मुद्दा नं. ०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेमकुमार राईमाथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको उजुरीमा सफलले उल्लेख गरेका छन् ।

विशेष अदालतको फैसला उल्लेख गर्दै सफलले अख्तियार प्रमुख राई पूर्व आपूर्ति सचिव हुँदा नेपाल आयल निगमको जग्गा खरिद अनियमिततामा समेत मुछिएको दाबी गरेका छन् ।

‘राई आपूर्ति सचिव हुँदा निगमले भैरहवा, चितवन सर्लाही, झापा लगायतका जिल्लाहरूमा डेढ अर्बभन्दा बढीको जग्गा खरिद गरेको थियो । उक्त जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष प्रेमकुमार राई नै थिए । अतः सो आयल निगमको जग्गा खरिद प्रकरणमा करोडौं रुपैयाँ अनियमितता भएको भनी जग्गा खरिद निर्णय कार्यान्वयन गर्ने तत्कालीन आयल निगम कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि मुद्दा चलाइए पनि जग्गा खरिद गर्ने निर्णय गर्ने प्रेमकुमार राईमाथि भने कुनै मुद्दा समेत चलाइएन ।’

सफलले दायर गरेको उजुरीमा कोरोना महामारीको बेलामा राई जोडिएको आयल निगम जग्गा प्रकरण सम्बन्धी मुद्दा हतार हतार तामेलीमा राखिएको उल्लेख छ ।

दायर उजुरीमा भनिएको छ, ‘तत्काल अख्तियार प्रमुख राई मुछिएका तामेलीमा राखेको मुद्दा जगाई निज विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गर्न प्रस्तुत उजुरी पेस गरेको छु ।’

सफलले तत्काल अख्तियार प्रमुख आयुक्तबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न माग गरेका छन् । उनले नैतिक रुपमा राईलाई अख्तियारको प्रमुख आयुक्तको कुर्सीमा बस्न नमिल्ने बताएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १ : २८ बजे

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा निजी

हिरासतमा युवकको मृत्युबारे छानबिन माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको

जेठदेखि नागढुंगा सुरुङमार्ग सञ्चालन गरिने

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किमी) सुरुङमार्ग जेठदेखि सञ्चलनमा आउने भएको छ

तीन अग्रज पत्रकार सम्मानित

मोरङ– नेपाल पत्रकार महासङ्घ मोरङले विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा

एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु

नयाँ दिल्ली- आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर