सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड « Khabarhub

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो प्राथमिकता भएकाले सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएकी छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार आयोजित सरकारी कार्यालयका प्रमुखहरूसँगको भेटवार्तामा मन्त्री न्यौपानेले जनताले सेवा पाउने विषयमा दुःख र सास्ती व्यहोर्न नहुने धारणा राखिन्  । उनले पारदर्शी ढङ्गले सुशासन कायम गर्दै जनतालाई काम सहज सेवा प्रवाह गर्न कार्यालयका प्रमुखलाई निर्देशन दिइन् ।

सरकारी कार्यालयमा सेवा लिन जाँदा नेतालाई भन्नुपर्छ भन्ने मनोभाव जनतामा रहेको उल्लेख गर्दै उनले भनिन्, ‘काम गर्दा कसैलाई भन्नुपर्दैन, कानुनले निर्दिष्ट गरेका काम सहज रूपमा हुन्छन् भन्ने आभास दिने गरी काम गर्नुपर्छ ।’

मन्त्री न्यौपानेले आफूले कहिल्यै पनि पदको दुरुपयोग नगरेको र भविष्यमा पनि नगर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘कानुन विपरीतका काम नगरेपछि कुनै त्रासमा बस्नुपर्दैन, कानुन बमोजिमका काम गर्न र जनतालाई सहज सेवा दिन सबै लाग्नुपर्छ ।’

मन्त्री न्यौपानेले कर्मचारीतन्त्र देश विकासको मेरुदण्ड भएकाले कर्मचारीलाई उत्साहित बनाएर काम गर्ने सरकारको दायित्व रहेको बताइन । सङ्घीयतालाई सुदृढ बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले कर्मचारीको समस्या समाधानका लागि सरकार गम्भीर धारणा राखिन् । 

सङ्घीय निजामती ऐन संसद्को चालु अधिवेशनबाट पारित हुने जनाउँदै मन्त्री न्यौपानेले ऐन आएपछि कर्मचारीका अधिकांश समस्या सम्बोधन हुने बताइन् । 

त्यस क्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्लाका समस्या र सेवा प्रवाहबारे जानकारी गराए  । उनले प्रशासन कार्यालयमा सेवाग्राहीको बढ्दो चापका कारण इलाका प्रशासन कार्यालय आवश्यक रहेको बताउँदै त्यसका लागि प्रक्रियामा गइसकेकाले सहजीकरणको लागि मन्त्री न्यौपानेको ध्यानाकर्षण गराए । रासस 
 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ३ : ५० बजे

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी

सुकुम्वासीमाथि सरकारी व्यवहारप्रति दयाहाङको असन्तुष्टि : गरिबी पो लुकाउन सकिँदोरहेनछ

काठमाडौं- मिसाइल र बम हानिएको शैलीमा सरकारले सुकुम्वासी बस्तीहरू ध्वस्त

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन– स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको 

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख