देशका लागि योगदान गर्ने व्यक्ति नै नेता हुन् : प्रधानमन्त्री « Khabarhub

देशका लागि योगदान गर्ने व्यक्ति नै नेता हुन् : प्रधानमन्त्री


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरु देशकै नेता भएको बताएका छन्  । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आइतबार बालुवाटारमा आयोजना गरेको बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले बीपी कोइराला, पुष्पलाल, गणेशमान लगायत कुनै दल विशेषका नेता नभई देशकै नेता भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले योगदानलाई सम्मान गर्ने कुरामा दलका आधारमा बिभेद गर्न नहुने धारणा राखे  । प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झन्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बीपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

उनले राजनीतिक पार्टी गैरसरकारी संस्था नभएकाले एक व्यक्ति धेरै पार्टीमा नभई एउटै एउटै पाटीमा बसेर राजनीति गर्नुपर्ने बताए  । 

राजनीतिक परिवर्तनका लागि काँग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको उनले बताए ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकलाई अघि बढाउनका लागि ठूला दुई दल मिलेर सरकार बनाउनुपरेको बताए । उनले कांग्रेस र एमाले सहकार्य र प्रतिस्पर्धा गर्नका लागि एकै ठाउँ आएको जिकिर गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरू नयनसिंह कठायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुवन ढुङ्गाना कोइरालालाई जनही एक लाख राशीसहित बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरेका थिए ।

 नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : २५ बजे

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा निजी

हिरासतमा युवकको मृत्युबारे छानबिन माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको

जेठदेखि नागढुंगा सुरुङमार्ग सञ्चालन गरिने

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किमी) सुरुङमार्ग जेठदेखि सञ्चलनमा आउने भएको छ

तीन अग्रज पत्रकार सम्मानित

मोरङ– नेपाल पत्रकार महासङ्घ मोरङले विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा

एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु

नयाँ दिल्ली- आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर