लोडसेडिङको हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले निकाल्यो विज्ञप्ति « Khabarhub

लोडसेडिङको हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले निकाल्यो विज्ञप्ति


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक लोड व्यवस्थापन गर्न निकालेको सूचनालाई लिएर लोडसेडिङ तालिका भनेर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिनका लागि निकालेको लोड व्यवस्थापन तालिकाले सृजना गरेको अन्योल र त्यसैलाई लिएर केही सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालमा व्यक्त भएको धारणाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत् लाइन तथा ट्रान्सफर्मरहरू अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरेको विषयलाई ‘लोडसेडिङ तालिका’ शीर्षक दिएर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक रहेको स्पष्ट पार्न चाहन्छौँ’, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणले चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केबल प्राविधिक समस्या मात्रै भएको र दुई तीन दिनभित्र समस्या समाधान हुने जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : ५४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह