शंकर पोखरेलको तर्क- सदस्यता नवीकरण रोकेर पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ « Khabarhub

शंकर पोखरेलको तर्क- सदस्यता नवीकरण रोकेर पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता उनको सम्मानका लागि नवीकरण नगरिएको जिकिर गरेका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाती महासंघद्वारा काठमाडौंमा आयोजित जातीय घटक संघहरूको विस्तारित बैठकमा आइतबार सम्बोधनका क्रममा पोखरेलले यस्तो तर्क गरेका हुन् ।

महासचिव पोखरेलले नीति र विधिको छलफल हुने नवौँ केन्द्रीय कमिटी बैठकमा सञचार माध्यम र सामाजिक सञ्जालको हल्लका कारण पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषयले अचानक प्रवेश पाएको बताए ।

पूर्वराष्ट्रपति जस्तो सम्माननीय व्यक्ति पार्टी राजनीतिकमा आउन नहुने तर्क उनले गरे । ‘हल्लाकै भरमा चर्चामा आएको त्यही विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर निचोडमा पुर्‍याउनु पर्ने अवस्था आयो’, उनले भने, ‘नेपाली सेनाको सुरक्षामा रहने पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रको अभिभावकीय भूमिकामा राखिरहनुपर्ने निचोडमा पार्टी रहेको थियो ।’

तर पनि पूर्वराष्ट्रपति भण्डारीले नै जोडबल गरेर आउन खोज्दा विषय पेचिलो बनेको उनको तर्क छ । ‘पार्टीको सक्रिया राजनीतिमा आउने विषयलाई महामहिम पुर्वराष्ट्रपति भण्डारीले पेचिलो बनाएपछि उहाँको सदस्यता नवीकरण नगर्ने निचोडमा बैठक पुगेको हो’, उनले अगाडि भनेका छन् ।

पोखरेलले राष्ट्रपतिबाट बिदा भएपछि भण्डारीले सदस्यता नवीकरण प्रक्रिया अघि बढाएको जिकिर गरे । ‘उहाँ (विद्या भण्डारी)ले पार्टी सदस्यता नवीकरण प्रक्रिया अघि बढाउनु भएको थियो’, उनले भने, ‘पार्टीको भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकले त्यो प्रक्रिया विधिसंगत नभएको ठहरसहित रद्द गरेपछि अब उहाँ कुनै पार्टीकोभन्दा राष्ट्रिय व्यक्तित्व र अभिभावकका रुपमा रहनु भएको छ ।’

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : ४० बजे

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय