एसिया कप : सुपर ओभरमा श्रीलंकाविरुद्ध भारतको जित, पथुमको शतक « Khabarhub

एसिया कप : सुपर ओभरमा श्रीलंकाविरुद्ध भारतको जित, पथुमको शतक


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेल सुपर ओभरमा गएको छ । एक खेल अगाडि नै फाइनल पुगेको भारत र सुपर फोरबाट बाहिरिएको श्रीलंकाबीचको खेल सुपर ओभरमा गएको हो ।

श्रीलंकासँगको खेल सुपर ओभरमा भारतले जितेको छ । पहिलो ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा २०२ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले अर्धशतक बनाए । ३१ बल खेलेका उनले आठ चौका र दुई छक्काको मद्दतमा ६१ रन बनाएका हुन् । उसका लागि तिलक वर्माले नटआउट ४९ रन बनाए ।

जवाफी ब्याटिङ गरेको श्रीलंकालेसमेत समान पाँच विकेटको क्षतिमा २०२ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो । श्रीलंकाका लागि ओपनर पथुम निस्सान्काले शतक प्रहार गर्दा कुसल परेराले अर्धशतक बनाए । पथुमले ५८ बलको सामना गर्दा ६ छक्का र सात चौकाको मद्दतमा १०७ रन बनाउँदा परेराले ३२ बलमा ५८ रन जोडे । जवाफी ब्याटिङमा समान २०२ रन बनाए पनि श्रीलंका सुपर ओभरमा चुकेको हो ।

सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दुई विकेट गुमाउँदै दुई रन मात्र बनाउन सक्यो । मात्र तीन रनको लक्ष्य पाएको भारतका लागि सुपर ओभरको पहिलो बलमै कप्तान सूर्यकुमार यादवले ३ रन जोडेपछि जित निकालेको हो ।
एसिया कपको फाइनल आइतबार हुँदैछ । फाइनलमा भारत र पाकिस्तान भिड्नेछन् ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : ५३ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय