‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो « Khabarhub

‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायोको ७९ औँ स्थापना दिवसको अवसरमा ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तकको शुक्रबार यहाँ लोकार्पण गरियो । 

प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित उक्त पुस्तकमा परोपकार संस्थाका संस्थापक दयावीरसिंहले २००१ सालतिर हैजाको महामारी फैलिँदा गरेको  मानवीय सेवा, रक्तदान अभियानको सञ्चालन, हाइस्कुल, अनाथालय तथा प्रसूतिगृहको स्थापना, दान विभाग तथा औषधालयको सञ्चालनजस्ता जीवनका महत्वपूर्ण घटनाक्रमहरू समेटिएका छन् । 

स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले पुस्तकका लेखक प्रा पराजुली र प्रकाशनमा सहयोग गर्ने गोपालकृष्ण मानन्धरलाई सम्मानपत्र प्रदान गरे। 

पूर्व न्यायाधीश लालले २०३० सालमा शिक्षकका रुपमा परोपकार आदर्श हाइस्कूलमा सेवा सुरु गरेका स्मरण गरे र भने, ‘पछि कानुन विषय अध्ययन गरी न्याय सेवामा लागेँ । अनाथालयको सुपरीवेक्षक रहँदा दयावीरसिंहबाट थुप्रै कुरा सिक्न पाएँ । उहाँ प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो ।’ 
    
परोपकार संस्थाका अध्यक्ष हितकरवीर कंसाकारले परोपकार र दयावीरसिंह पर्यायवाची भएको बताउँदै भ्रष्टाचारविरुद्ध अभियान थाल्ने वर्तमान सरकारबाट संस्थाको हिसाबकिताबको निष्पक्ष छानबिन भइदिए खुसी हुनेछु भने । 

बाल विकास समाजका सल्लाहकार शरद शर्माले विख्यात समाजसेवी दयावीरसिंहको नाउँमा एक बृहत् पुरस्कार स्थापना गर्नुपर्ने खाँचो औँल्याए । 
    
संस्थाका कोषाध्यक्ष उत्तमलाल जोशीका अनुसार परोपकार संस्थाले आर्थिक वर्ष २०८१-८२ मा रु दुई करोड ५० लाख आम्दानी र रु दुई करोड छ लाख खर्च गरेको छ । 

संस्थाले दान विभाग सञ्चालन, दुर्गम जिल्लाहरूमा औषधि वितरण, प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा सहयोग, एम्बुलेन्स, अनाथालय तथा चिकित्सालय सञ्चालन गर्दै आइरहेको छ । 
 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १२ : ५२ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को