भ्रष्टचार नियन्त्रणका लागि एमालेले गरेका निर्णय बाहिर ल्याउन सरकारलाई ओलीको चुनौति  « Khabarhub

भ्रष्टचार नियन्त्रणका लागि एमालेले गरेका निर्णय बाहिर ल्याउन सरकारलाई ओलीको चुनौति 


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सहि बाटोमा ल्याउन एमाले नेतृत्वको सरकारले गरेका निर्णयहरू जनतासम्म पुर्‍याउन वर्तमान सरकारलाई चुनौती दिएका छन । 

शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघले आयोजना गरेको बडा दशैंको अवसरमा खुल्ला भेटघाट कार्यक्रममा बोल्दै उनले आफू नेतृत्वमा रहँदा भष्ट्राचार नियन्त्रणको धेरै प्रयास गरेको दाबी गरेका हुन ।

‘ जनताको अभिमतको बर्खिलाप बनाइएको जेन–जी सरकारले हामीलाई भष्ट्राचार गर्‍यो भनेर हल्ला गरेर भएन प्रमाण ल्याउन पर्‍यो, हामी कुनै षड्यन्त्र गर्दैनौ, भाग्दैनौँ पासपोर्ट रोकिराख्नु पर्दैन, यो अलोकतान्त्रिक निर्णय हो, मेरो डेरा कति मिनेटमा कुन बाटो कसरी पुगिन्छ भनेर भाइरल गरिएको छ, उनले भने, ‘नागरिकको जीउधनको सुरक्षामा ध्यान दिनुपर्दैन ।’

एमाले नेतृत्वको सरकारले सधैँ पारदर्शिता र निष्पक्षता कायम गर्न जोड गर्दै आएकोमा उनले हठ व्यक्त गरे ।

‘२०५१ सालको मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार जनतामाझ निकै लोकप्रिय बनेको थियो, २०७२ सालमा संविधान बनेपछि पनि एमाले सरकारले देशमा शान्ति सुव्यवस्था कायम गरी भष्ट्राचार नियन्त्रण, शिक्षा, स्वास्थ्य, कृषि लगायत समग्र सामाजिक विकासका काममा ऐतिहास बनेको छ, संविधान कार्यान्वयनपछि मैले सरकारमा लिड गरेकै दिन म भष्ट्राचार गर्दिन र गर्न पनि दिन्न भन्ने नारा स्थापित गर्न सके र त्यही अनुसार काम गरेको पनि थिए, उनले थपे, असंवैधानिक सरकारले मेरो विचार जनताको बीचमा पुर्‍याओस, म नेतृत्वमा हुँदा कर्मचारी प्रहरीलाई शान्ति सुरक्षा भष्ट्राचार नियन्त्रणका लागि दिएको निर्देशन र पारदर्शिता, निष्पक्षताका लागि  गरेका निर्णय जनताले अनुभूत गरेका छन्’ उनले भने ।

 आफूले गरेका सबै राम्रा काम  बाहिर ल्याउनसमेत उनले वर्तमान सरकारलाई चुनौती दिए । आगामी दिनमा पनि एमालेले नै देशलाई सही बाटोमा ल्याउने उनले ठोकुवा गरेका छन ।

‘२०६२-०६३ मा माओवादीको उत्पादबाट देशमा शान्तिसुरक्षा खलबलिएको थियो राजनीतिक, आर्थिक क्षति भोग्यो देशले , त्यो सम्हालियो फेरी अशान्ति फैलाउन  खोजियो, जे–जी त घरमै छन् उनीहरूको नाममा उद्योगभन्दा व्यवसाय लुटियो, सिंहदरबार संसद् भवन जस्ता इतिहास जलाइयो, यसमा त अरु नै परिचालित छन्,’ उनले थपे, एक कर्मचारीले त्यतिबेला प्रधानमन्त्रीको दबाब थियो भने म सरकारको नेतृत्वमा गएको उनीहरूले जे भन्यो त्यहीँ निर्णय गर्न थिएन मैले सु–शासनमै जोड दिए,’

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  २ : ४१ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको