‘इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति संकटमा’ « Khabarhub

‘इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति संकटमा’


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले पुनः प्रतिबन्ध लागू गरेमा, इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (आइएइए) बीचको सहकार्य अन्त्य हुन सक्ने सम्भावना रहेको परराष्ट्रमन्त्री सयद अब्बास अराघ्चीले बताएका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सन् २०१५ को इरान आणविक सम्झौताको अवधि थप गर्ने प्रस्ताव पारित नगरेकाले कूटनीतिक प्रयासलाई थप समय नदिएको देखिन्छ । यसले प्रतिबन्धको पुनःसक्रियतालाई रोक्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो ।

बेलायत, फ्रान्स र जर्मनीले अगष्ट २८ मा सुरक्षा परिषदलाई इरानले सम्झौताका शर्तहरू पूरा नगरेको जानकारी गराएर प्रतिबन्ध पुनः लागू गर्ने प्रक्रिया अघि बढाएका छन् । यो प्रक्रिया सेप्टेम्बर २८ मा ३० दिनको समयसीमा सकिएपछि लागू हुने सम्भावना रहेको छ ।

अराघ्चीले भने, ‘यस कदमका कारण इरान र अन्तर्राष्ट्रिय निकायबीचको सहकार्यमा नकारात्मक असर पर्न सक्ने देखिन्छ ।’

 साथै, उनले सेप्टेम्बर ९ मा काइरोमा भएको सहमतिका आधारमा दुवै पक्षबीच सहकार्य पुनः सुरु भएको जानकारी दिए । तर, प्रतिबन्धहरू फेरि लागू भएमा सो सहमति कार्यान्वयनमा रहन नसक्ने सम्भावना रहेको उनले स्पष्ट पारे।

सुरक्षा परिषदमा अराघ्चीले यसैबीच अन्तर्राष्ट्रिय निरीक्षकहरू हाल इरानमा आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् भनी उल्लेख गरे।
 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ३ : ३८ बजे

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत