गाजामा इजरायली आक्रमण तीव्र, हजारौं विस्थापित : संयुक्त राष्ट्रसङ्घ « Khabarhub

गाजामा इजरायली आक्रमण तीव्र, हजारौं विस्थापित : संयुक्त राष्ट्रसङ्घ


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ मिनेटको अन्तरालमा आक्रमण गर्दै आएकाले सर्वसाधारणमा ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानविय सहायता समन्वय कार्यालय (ओसिएचए) ले दिएको जानकारी अनुसार, पछिल्ला २४ घण्टाभित्र गाजा सहरमा बारम्बार हवाई आक्रमण, तोपगोलाबारी, हेलिकप्टर तथा अन्य यन्त्रबाट आक्रमण भएको छ । साथै, राहत सामग्रीको प्रतीक्षामा रहेका निर्दोष नागरिकहरूमाथि गोली प्रहारसमेत गरिएको छ ।

यस आक्रमणमा हालसम्म दर्जनौं नागरिकको ज्यान गएको र दुई सयभन्दा बढी घाइते भएका छन् । गाजा सहरबाट ज्यान जोगाउँदै भाग्ने मानिसहरू दक्षिण गाँजातर्फ सरेका छन् । ओसिएचएका अनुसार, पछिल्लो समय करिब १६ हजार ५ सय व्यक्तिहरू उत्तर गाजाबाट विस्थापित भएका छन् । तर, दक्षिण गाजाको अवस्थासमेत अत्यन्तै दयनीय रहेको छ ।

गाजा सहरमा अझै पनि लाखौं नागरिकहरू फसेका छन्, जसले अत्यावश्यक सेवा र राहत सामग्रीमा भर पर्नु परिरहेको छ । तर, इजरायली पक्षबाट मानवीय सहायता पुर्‍याउने काममा निरन्तर अवरोध सिर्जना भइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घले इजरायली सेनासँग समन्वय गरी सहायता सामग्री पुर्‍याउने १५ वटा अभियान सञ्चालन गरेकोमा केवल ७ वटा मात्र पूर्णरूपमा सफल भएका छन् । बाँकी अभियानहरू विभिन्न अवरोधका कारण रोकिएका छन् ।

केही राहत सामग्री केरम शालोम नाकाबाट संकलन गरिएको भए पनि उत्तर गाजामा पानी पु¥याउन अनुमति दिइएको छैन । अन्य नाकाहरूबाट खाद्यान्न लिनसमेत निषेध गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सबै पक्षहरू-इजरायल, हमास तथा अन्य सशस्त्र समूहहरूलाई-मानव सहायता कार्यकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, उनीहरूको सवारी साधनमा आक्रमण नगर्न र पहुँचको अवरोध नगर्न आग्रह गरेको छ ।

त्यसैगरी, पश्चिमी किनारमा जोर्डन र अधिनस्थ फिलिस्तीनी क्षेत्रबीचको एकमात्र सीमा नाका एलनबी पुल यात्रुहरूका लागि खोलिएको छ भने राहत सामग्री ओसारपसारका लागि अझै बन्द रहेको छ । जोर्डनमा तयार अवस्थामा रहेको करिब ३५ प्रतिशत राहत सामग्री गाजामा पुर्‍याउन नपाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

ओसिएचएको प्रतिवेदन अनुसार, २०२३ अगस्त १३ गतेदेखि हालसम्म पश्चिमी किनार क्षेत्रमा इजरायली बासिन्दा तथा सुरक्षाकर्मीहरूको आक्रमण र पहुँचमा लगाइएको प्रतिबन्धका कारण तीन हजारभन्दा बढी फिलिस्तीनी विस्थापित भएका छन्। तीमध्ये आधा बालबालिका हुन्, जो मुख्यतः बेदुइन र पशुपालन गर्ने समुदायबाट आएका हुन् ।

संयुक्त राष्ट्रसंघले गाजा र पश्चिमी किनार दुबै क्षेत्रमा हिंसाको अन्त्य, सर्वसाधारणको सुरक्षा, जवाफदेहिता र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न सबै पक्षहरूलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ४ : ४० बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड