‘राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा’ « Khabarhub

‘राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा’


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा रहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्तो बेलामा विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा राखे । नेता दाहालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, समृद्धि र सामाजिक न्यायको मुद्दासहित १८ महिना सरकार सञ्चालन गरेको दावी गर्नुभयो । तर, केपी शर्मा ओली नेतृत्वको सरकारको कारण जनतामा निराशा बढेको उनले तर्क गरे ।

नेता दाहालले जायज माग लिएर सडकमा उत्रिएका युवा पुस्तामाथि तत्कालीन सरकारले बर्बर दमन गरेको, पाशवीक हत्या गरेको र पहिलो दिनमै २१ जनाले ज्यान गुमाउनुपरेको बताए ।

जेन-जी पुस्ताले कुनै पनि अपराध कर्म गर्नै नसक्ने भन्दै उनले आन्दोलनका क्रममा धमिलो पानीमा माछा मार्ने काम भएको बताए । नेता दाहालले असहमतिको बाबजुद पनि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई माओवादीको समर्थन रहेको धारणा राखे ।

वर्तमान सरकारसँग तोकिएको समयभित्रै निर्वाचन हुनुपर्छ भन्ने माओवादीको माग रहेको पनि उनले बताए । उनले संसद्‌भन्दा बाहिरको विज्ञहरूको मन्त्रिपरिषद्, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली माओवादीको माग रहेको उल्लेख गरे ।
 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : २० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा