पचली भैरव जात्रामा दर्शन गर्ने भक्तजनको घुइँचो « Khabarhub

पचली भैरव जात्रामा दर्शन गर्ने भक्तजनको घुइँचो


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साढे चार दशक बन्द भएर गत वर्षदेखि पुनः सुरु गरिएको टेकुस्थित पचली भैरव जात्रामा भक्तजन एवं दर्शकको घुइँचो लागेको छ ।
 
आश्विन शुक्ल चतुर्थीका दिन पचली भैरवको लिङ्गो (योसिंः) ठड्याएर सुरु भएको जात्राको मुख्य दिन आज बिहानैदेखि मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो । 

पूजा, आराधना एवं हवन सिध्याएर बेलुकी ५ः०० बजेपछि पचली भैरवको जात्रा राजधानीको भित्री सहरमा चलाइने काठमाडौँ महानगरपालिका– १२ का अध्यक्ष एवं पचली भैरव जात्रा गुठी व्यवस्थापन समितिका संयोजक बालकृष्ण महर्जनले जानकारी दिए ।
 
जात्रा टेकुस्थित मन्दिरबाट सुरु गरी लगन, हनुमानढोका दरबार क्षेत्रमा लगिनेछ । हनुमानढोका दरबारस्थित कुमारी घरमा कुमारीको दर्शन गरी जात्रा गएकै मार्गबाट जैसीदेवल, ज्याबहाल, ब्रह्मटोलमा ल्याइने पनि उनले सुनाए। यस क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा घुमाइने जनाइएको छ । 
  
जात्राका लागि पचली भैरवका गुठियारहरूले साँखुमाथिको जंगलबाट योसिंःका लागि रुख काटेर ल्याई ठड्याउने परम्परा छ । आश्विन शुक्ल चौथीका दिन दसैँ आउन लागेको जानकारी दिन योसिंः ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको मानिन्छ । 
  
आश्विन शुक्ल चौथीका दिन योसिंः उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।
  
अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा योसिंः ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ । उनलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको पनि अध्यक्ष महर्जनले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : ४५ बजे

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया