पचली भैरव जात्रामा दर्शन गर्ने भक्तजनको घुइँचो « Khabarhub

पचली भैरव जात्रामा दर्शन गर्ने भक्तजनको घुइँचो


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साढे चार दशक बन्द भएर गत वर्षदेखि पुनः सुरु गरिएको टेकुस्थित पचली भैरव जात्रामा भक्तजन एवं दर्शकको घुइँचो लागेको छ ।
 
आश्विन शुक्ल चतुर्थीका दिन पचली भैरवको लिङ्गो (योसिंः) ठड्याएर सुरु भएको जात्राको मुख्य दिन आज बिहानैदेखि मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो । 

पूजा, आराधना एवं हवन सिध्याएर बेलुकी ५ः०० बजेपछि पचली भैरवको जात्रा राजधानीको भित्री सहरमा चलाइने काठमाडौँ महानगरपालिका– १२ का अध्यक्ष एवं पचली भैरव जात्रा गुठी व्यवस्थापन समितिका संयोजक बालकृष्ण महर्जनले जानकारी दिए ।
 
जात्रा टेकुस्थित मन्दिरबाट सुरु गरी लगन, हनुमानढोका दरबार क्षेत्रमा लगिनेछ । हनुमानढोका दरबारस्थित कुमारी घरमा कुमारीको दर्शन गरी जात्रा गएकै मार्गबाट जैसीदेवल, ज्याबहाल, ब्रह्मटोलमा ल्याइने पनि उनले सुनाए। यस क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा घुमाइने जनाइएको छ । 
  
जात्राका लागि पचली भैरवका गुठियारहरूले साँखुमाथिको जंगलबाट योसिंःका लागि रुख काटेर ल्याई ठड्याउने परम्परा छ । आश्विन शुक्ल चौथीका दिन दसैँ आउन लागेको जानकारी दिन योसिंः ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको मानिन्छ । 
  
आश्विन शुक्ल चौथीका दिन योसिंः उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।
  
अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा योसिंः ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ । उनलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको पनि अध्यक्ष महर्जनले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : ४५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा