राजनीतिक र संवैधानिक निकासका लागि तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ : महामन्त्री शर्मा « Khabarhub

राजनीतिक र संवैधानिक निकासका लागि तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ : महामन्त्री शर्मा


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागमती– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र संवैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताएका छन् ।

‘जेन-जी’ प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकनपश्चात् आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई संवैधानिक र राजनीतिक निकासका लागि फागुन २१ मै निर्वाचन हुनुपर्ने बताए। 

‘राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनकै माध्यमबाट ‘रिफ्रेस’ गर्न सकिने भएकाले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्छ’, महामन्त्री शर्माले भने, ‘यसका लागि कांग्रेसले उचित वातावरण बनाउन सहयोग गर्छ ।’ 

प्रदर्शनपछि बनेको अन्तरिम सरकार असफल भए लोकतन्त्र नै खतरामा पर्ने भएकाले सरकारलाई सफल बनाउन कांग्रेसले सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । महामन्त्री शर्माले वर्तमान सरकारमा योग्य व्यक्तिहरूलाई मन्त्री बनाइए पनि जेन-जी युवा पुस्ताको सहभागिता नभएकाप्रति असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद्मा जेन-जी युवा पुस्तालाई पनि समेट्नुपर्ने सुझाव दिए।

जेन-जी आन्दोलनका क्रममा सरकारी संरचना र व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेन-जी युवाहरूको भावनाअनुसार नभएको जिकिर गर्दै दुवै दिन भएका घटनामा संलग्न दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिए । 

महामन्त्री शर्माले पछिल्लो घटनाले राजनीतिक दललाई परिवर्तन हुन सन्देश दिएको उल्लेख गर्दै फरक-फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउने तयारीमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको बताए।

‘हामीले युवाहरूको भावनाको सम्मान गर्नैपर्छ । त्यसका लागि कांग्रेसले केन्द्रीय समितिमार्फत योजना अगाडि सार्छ । विधान संशोधनमार्फत जेन-जी पुस्तालाई प्रतिनिधित्व गराउने गरी तयारी भइरहेको छ’, उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भनी सामाजिक सञ्जालमा भाइरल भएका भिडियोका सन्दर्भमा पनि भिडियोकै आधारमा आम धारणा बनाउन हुँदैन । यस विषयमा निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’
 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : २० बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट – बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९

म्यान्मामा सेना समर्थित दल विजय : विपक्षी बहिष्कृत

बैङ्कक – म्यान्माको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले

फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु

मेक्सिको – मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता