जेन-जी प्रदर्शनका सहिद परिवार र घाइतेलाई एमआरआरको आर्थिक सहयोग | Khabarhub Khabarhub

जेन-जी प्रदर्शनका सहिद परिवार र घाइतेलाई एमआरआरको आर्थिक सहयोग


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– जेन-जी प्रदर्शनका क्रममा सहिद भएका झापाको अर्जुनधारा निवासी दिनेश राजवंशीको परिवारलाई एमआरआर (मेन्स रुम रिलोडेड)टिमले ५० हजार आर्थिक सहयोग गरेको छ । 

गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा सहिद भएका राजवंशीको परिवारलाई रु ५० हजार सहयोगसहित प्रदर्शनमा घाइते भएका अन्य नौ जनालाई एमआरआरले आर्थिक सहयोग गरेको हो ।

प्रदर्शनका क्रममा घाइते भएकामध्ये आठ जनाको परिवारलाई उपचार खर्चस्वरुप  ३० हजारका दरले सहयोग तथा एक जना घाइतेलाई रु २० हजार प्रदान गरिएको एमआरआर झापाका कार्यक्रम संयोजक शरद जोशीले जानकारी दिए ।

एमआरआर टिम कोरियाका सुजन उप्रेतीको संयोजनमा बनेको उल्लेख गर्दै उनले त्यहाँ रहने नेपालीद्वारा संकलित रकम सहिद तथा घाइतेको परिवारलाई प्रदान गरिएको बताए। उनका अनुसार एमआरआर टिम कोरियाले झापाका सहिद तथा घाइते परिवारलाई रु तीन लाख २० हजार वितरण गरेको छ ।

आज बिर्तामोड-५ का सुनिल तामाङलाई आर्थिक सहयोग गर्दै एमआरआर कोरियाले परिलो चरणको कार्यक्रम सम्पन्न गरिएको बताउँदै दसैँंलगत्तै दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । 

रकम हस्तान्तरण कार्यक्रममा एमआरआर झापाका सदस्य विपिन आचार्य र दिवाकर गुरुङ सहभागी भएका छन् । कोरियाको समन्वयमा एमआरआर टिमले गरेको सहयोग कार्यक्रमका बारेमा जानकारी दिँदै कार्यक्रम संयोजक जोशीले प्रदर्शनका क्रममा घाइते भएकालाई आफूहरूले अस्पतालमा पुगेर सहयोग रकम प्रदान गरेको बताए। अस्पतालबाट घर पठाइएकलाई समेत घरघरमा पुगेर आर्थिक सहयोग गरिएको उनको भनाइ छ । 

सहिद राजवंशीलाई रु ५० हजार,  गोली लागेर घाइते भएका सुमित शाहलाई २० हजार सहयोग गरेको छ, भने अन्य सबै घाइतेको उपचारका लागि जनही रु ३० हजारका दरले आर्थिक सहयोग गरिएको एमआरआरले जनाएको छ ।

एमआरआरले  सुसान रनापहेँली, रिजन दाहाल,  राजेश पोर्टेल, सुरेश खड्का, मस्ताकिन मियाँ, अनित तामाङ, सुनिल तामाङ र विवेक दुनुवारलाई आर्थिक सहयोग गरेको छ । 

कोरियाबाट प्राप्त रकमको कुनै पनि अंश व्यवस्थापन वा अन्य शीर्षकमा खर्च नगरिएको कार्यक्रम संयोजक जोशीले बताए।

प्रदर्शनका क्रममा सहिद वा घाइते भएका अन्य कोही व्यक्तिको परिवारलाई  आर्थिक सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गर्नसमेत उनले अनुरोध गरे । एमआरआर टिम कोरियाले झापासहित देशका अन्य जिल्लामा पनि सहयोग रकम वितरण गरेको जनाएको छ । 
 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : २९ बजे

वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले

मनसुनी वायुको प्रभाव कायमै, दसैंको दिन कस्तो रहला मौसम ?

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका

कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा

वेस्ट इन्डिजविरुद्ध नेपालको मध्यम सुरुवात, ‘पावर प्ले’मा बनायो ३४ रन

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा