मेची नदीमा निर्मित झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै « Khabarhub

मेची नदीमा निर्मित झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु चार करोड १२ लाख २९ हजार लागतमा बनेको उक्त पुलको लम्बाइ ४४२ दशमलव ४० मिटर रहेको छ ।

कचनकवल-५ का वडाध्यक्ष नुर आलमले भारतीय सीमा नजिक बनेको झोलुङ्गे पुल सञ्चालनमा आएपछि दुवै मुलुकका पर्यटक घुम्न आउन थालेका बताउँदै पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको उल्लेख गरे।

‘मेची नदी पार गर्न दुवै मुलुकका नागरिकलाई अब सहज भएको छ’, उनले भने, ‘साथै नदीमाथि बनेको लामो झोलुङ्गे पुल पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ ।’

विसं २०७३ मङ्सिर १७ गते नीलगिरि महावीर जेभीसँग निर्माणको सम्झौता भए पनि बजेट अभावले पुल सम्पन्न हुन समय लागेको हो । यसअघि यहाँ पुल नहुँदा स्थानीय बर्खायाममा दुई घण्टा पालो कुरेर काठको डुङ्गाबाट मेची नदी पार गर्दै आएका थिए ।

स्थानीय झट्टु हलुवाईंले मेचीमा पुल तरेर आवतजावत गर्ने कचनकवलबासीको वर्षौंदेखिको चाहना अहिले पूरा भएको बताए। 

उनले भने, ‘सीमा क्षेत्रका बासिन्दाले अनेक कामका लागि एक देशबाट अर्को देशमा आउजाउ गर्नुपर्ने हुन्छ । मेचीमा पुल बनोस् भन्ने धेरै वर्षदेखिको चाहना थियो । बल्ल अहिले साकार भयो ।’

मेची नदीमाथि बनेको उक्त पुलको दुवैतर्फ नेपाली भू-भाग पर्दछ । मेची नदी पारी पुलको पूर्वी भागमा ३० बिघाभन्दा बढी क्षेत्रफल जग्गा नेपालको हो । भारततिर पाठामारी भन्ने बजार छ, भने पुलको पूर्वी भागलाई धोबीभिट्टा भन्ने गरिएको हलुवाईले जानकारी दिए ।

चाडपर्व आइसकेकाले स्थानीयबासीलाई वारिपारी गर्न सहज होस् भनेर गत भदौ ३१ गते पुल सञ्चालनमा ल्याइएको वडाध्यक्ष आलमले बताए । पुलको दुवै किनारामा पहुँच मार्गको स्तरोन्नति गर्न बाँकी रहेका जनाउँदै उनले हाल पैदल र साइकल यात्रीलाई मात्र आवतजावत गर्न दिइएको उल्लेख गरे । 

एक महिनापछि मोटरसाइकल ओहोरदोहोर गर्न मिल्नेगरी पहुँच मार्गको स्तरोन्नति गरिने वडाध्यक्ष आलमले बताए। उनका अनुसार नेपालको होचो भू-भाग भएकाले कचनकवल क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ । यहाँका पोखरी, गन्धर्व बस्तीसँगै झोलुङ्गे पुलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : १४ बजे

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन