सामाजिक सुरक्षा व्यवस्था सामाजिक न्यायको आधार हो : प्रधानमन्त्री « Khabarhub

सामाजिक सुरक्षा व्यवस्था सामाजिक न्यायको आधार हो : प्रधानमन्त्री


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले दिगो, सक्षम र सबैसमावेशी सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा व्यवस्था सामाजिक न्यायको आधार भएको उल्लेख गरिन्। कार्कीले पूर्ण सामाजिक सुरक्षाबिना समतामूलक समाज निर्माण असम्भव हुने स्पष्ट गरिन्।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले अन्तरपुस्ता लागत सन्तुलन र सामाजिक ऐक्यबद्धताको भावना मजबुत बनाउने बताइन्।

यस्तो प्रणालीले ‘हुनेले नहुनेलाई, धनीले गरिबलाई र निरोगीले रोगीलाई’ सहयोग गर्ने आधार तयार गरेर उत्पादनमूलक समाज निर्माणमा टेवा पुर्‍याउने उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले २०७४ मा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई त्रिपक्षीय (सरकार–रोजगारदाता–श्रमिक) संयोजनको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै यसको प्रभावकारी कार्यान्वयनले नागरिकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने बताइन्।

सामाजिक सुरक्षा प्रणालीलाई दिगो बनाउने उद्देश्यले सरकारमध्ये सम्बन्धित मन्त्रीहरूसँग छलफल भइरहेको जानकारी उनले दिइन् ।

औपचारिक क्षेत्रको अनिवार्य आबद्धता, अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकारी सह–योगदान, करार कर्मचारीको प्रभावकारी सहभागिता, तथा कोषको रकमलाई न्यायोचित प्रतिफलका साथ आन्तरिक पुँजीका रूपमा परिचालन गर्ने विषयमा स्पष्ट दिशा तय गरिने प्रतिबद्धता पनि उनले जनाइन्।

प्रधानमन्त्रीले निजी क्षेत्रलाई पनि श्रमिकको सामाजिक सुरक्षालाई ‘बोझ होइन, शान’का रूपमा लिन आग्रह गरिन्। दिनप्रतिदिन बढ्दै गएको कोषलाई राष्ट्रनिर्माणमा कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्र र नीतिनिर्माताले तत्काल गृहकार्य गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्।

प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम सार्थक नतिजा दिने क्षेत्रमा लगानी हुनुपर्ने बताउँदै सामाजिक सुरक्षा प्रणालीले समृद्ध नेपाल निर्माणको यात्रामा आन्तरिक पुँजी निर्माणको महत्वपूर्ण आधार बन्ने अपेक्षा व्यक्त गरिन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १२ : ४४ बजे

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा