नेकपामा प्रवेश गरिन् तेजाव पीडित मुस्कान, केन्द्रीय सदस्य बनाइँदै « Khabarhub

नेकपामा प्रवेश गरिन् तेजाव पीडित मुस्कान, केन्द्रीय सदस्य बनाइँदै


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेजाव आक्रमण पीडित मुस्कान खातुनले नेपाली कम्युनिस्ट पार्टीमा राजनीति थालेकी छन् ।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी हुन् । उनलाई उक्त पार्टीको केन्द्रीय सदस्य बनाउने तयारी नेताहरूले गरेका छन् ।

मुस्कानसहित जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पनि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूले स्वागत गरे ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले मुस्कानलाई खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरे ।  खातुन मानव अधिकारकर्मीका रुपमा चर्चित छिन्।

वीरगन्ज महानगरपालिका-३, छपकैयाकी मुस्कानलाई २०७६ भदौ २० गते शुक्रबार स्कुल जाँदै गर्दा गाउँकै केटाहरूले तेजाव प्रहार गरेका थिए।

तेजाव हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्ने शमसाद मिया र माजिद आलम दुवै १६ वर्षका स्थानीय हुन्। शमसादले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा तेजाब हानेका थिए ।

उनको जीउको दाहिने भाग पूरै तेजाबले जलेको थियो। लामो उपचारपछि उनी निको भएर मानवअधिकारकर्मीका रुपमा सक्रिय थिइन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ४ : २९ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष