सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब « Khabarhub

सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल क्रान्तिकारीले संगठनका नेता एवम् नेपाल ल क्याम्पसका पूर्वसभापति अधिवक्ता विष्णु ढुंगेललाई सर्वोच्च अदालत जलाएको आरोपमा प्रमुख अभियुक्तका रुपमा देखाएर पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ ।

क्रान्तिकारीको उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर भदौ २३ र २४ गतेको तस्बिर र भिडिओ क्लिप मात्रैलाई आधार बनाएर योजनावद्ध पक्राउ गरिएको कुरा स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

‘हामी स्पष्ट माग गर्दछौं, भदौ २४ मा देखिएका तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न वास्तविक घुसपैठ समूहमाथि मात्रै कानूनी कारबाही होस् । तर लोकतान्त्रिक अधिकार प्रयोग गर्ने विष्णु ढुंगेललगायत अन्य युवा-विद्यार्थीलाई बिनाशर्त रिहा गरियोस’, उनले भनेका छन्, ‘राज्यद्वारा भइरहेको मनपरी गिरफ्तारी, राजनीतिक प्रतिशोध र धम्कीको सबै रूप रोकियोस । यो सरकारले पारदर्शिता, जवाफदेही र नागरिक स्वतन्त्रताप्रतिको प्रतिबद्धता व्यवहारमै प्रमाणित गरोस ।’

उक्त प्रकरणमा यसअघि पक्राउ परेका दुईजनाको बयानका आधारमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल बुधबार पक्राउ परेका थिए ।

ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेतासमेत हुन् । २०७९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी ल क्याम्पसको सभापतिमा विजयी भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर, भद्रकालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि ढुंगेललाई चितवनबाट पक्राउ गरेको थियो ।

यसअघि पक्राउ परेका झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भनिने सुशील श्रेष्ठको बयानका आधारमा ढुंगेल समातिएका हुन् । उनीहरूलाई आपराधिक उपद्र्व मुद्दामा म्याद थपेर हिरासतमा राखिएको छ।

उक्त घटनामा तत्कालीन नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारीका नेता तथा ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पनि प्रत्यक्ष संलग्न रहेको पाइएको छ। प्रहरीले संकलन गरेको फोटो र भिडियो फुटेजबाट सर्वोच्च जलाउने काममा ढुंगेल पनि संलग्न भएको पुष्टि भएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका घताने र श्रेष्ठले ढुंगेलसहितले उकासेपछि सर्वोच्च जलाउन पुगेको बयान प्रहरीलाई दिएका छन् । उनीहरूको बयानका आधारमा ढुंगेलको पहिचान गरेर प्रहरीले खोजी अभियान चलाएको थियो ।

ढुंगेल अधिवक्ता पनि हुन् । सर्वोच्चमा आगजनी हुँदा ढुंगेल भीडको अग्रभागमा आक्रोशित देखिएका थिए । उनी सर्वोच्च परिसरमा रहेका भिडियो अहिले भाइरल भएका छन् । ढुंगेलले भिडलाई सर्वोच्च र न्यायाधीशहरू प्रति आक्रोश देखाउँदै जलाउन उकासेको भिडियोमा सुन्न सकिन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : ४६ बजे

भारतको अनुदानमा १४ वटा विद्यालय पुनर्निर्माणका लागि सम्झौता

काठमाडौं- भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका विभिन्न जिल्लामा १४ वटा

सेवा विस्तार गर्दै कोशी अस्पताल

विराटनगर– कोशी अस्पतालले सेवा सुधार र विस्तारमा फड्को मारेको छ

बंगलादेशमा डोनाल्ड ट्रम्प भैँसीको बलि रोकियो, अब चिडियाखानामा राखिने

ढाका- बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ नाम राखिएको एउटा भैँसीको विषय सामाजिक

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौं- जीवन बिमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौं– स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव