ओलीलाई स्थानहद गरिएकोबारे एमाले नेताहरूले प्रधानमन्त्रीसँग उठाए प्रश्न « Khabarhub

ओलीलाई स्थानहद गरिएकोबारे एमाले नेताहरूले प्रधानमन्त्रीसँग उठाए प्रश्न


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबीच पहिलो पटक नेकपा एमालेसँग सिधा संवाद गरेकी छन् ।

उनीसँग संवादका लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वप्रमुख सचेतक महेश बर्तौला बालुवाटार पुगेका थिए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको उथलपुथलले एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट सेनाको हेलिकप्टरमा चढेर भाग्नु परेको थियो ।

कार्कीले गत भदौ २७ गते अन्तरिम सरकारकी प्रधानमन्त्री भएपछि तत्कालै प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उनले फागुन २१ गते कुनै हालतमा चुनाव गर्ने बताएकी छन् । त्यसकै लागि उनले विश्वासको वातावरण बनाउन विघटित संसद्को ठूलो दलमध्ये एक एमालेसँग सिधा संवाद गरेकी हु्न् ।

उक्त बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले र एमाले नेताहरूविरुद्ध भइरहेका मिडिया ट्रायलबारे प्रधानमन्त्रीसँग कुरा राखिएको बताएका छन् ।

उनले ठूलो दलका नेता केपी शर्मा ओलीलाई स्थान हद गरेर राखिएकोबारेमा प्रधानमन्त्री कार्कीसमक्ष प्रश्न गरेको बताएका छन् ।

उनले यस्तो कदम लोकतान्त्रिक अभ्यासविपरीत हुने कुरा आफूहरूले प्रधानमन्त्रीलाई भनेको उनले बताएका छन्।

सरकारबाट फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा कुनै पनि दलका नेतालाई जनतामाझ जान रोकावट पुर्‍याउनु गलत भएको एमालेको धारणा रहेको कुरा बताएको उनले बताएका छन् ।

बर्तौलाले यसबारेमा प्रधानमन्त्री कार्कीले प्रत्यक्ष जवाफ नदिएको बताए । तर पनि उनले एमालेबाट राखिएका कुरालाई सरकारले सकारात्मक रूपमा लिएको बताएकी छन्।

सरकारद्वारा पहिलो पटक बोलाइएकाले शीर्ष तहको भेटघाटबारे भने कुनै छलफल नभएको बर्तौलाले बताए । कार्की अहिले पनि एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट बिदा लिनुपर्ने मत राख्छिन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ७ : ०६ बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग