प्रधानमन्त्रीसँग वार्तापछि एमालेको निष्कर्ष : यो सरकारले निर्वाचन गराउनेमा १० प्रतिशत पनि विश्वास छैन « Khabarhub

प्रधानमन्त्रीसँग वार्तापछि एमालेको निष्कर्ष : यो सरकारले निर्वाचन गराउनेमा १० प्रतिशत पनि विश्वास छैन


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेताहरू प्रधानमन्त्री सुशीला कार्कीसँग प्रत्यक्ष भएको पहिलो वार्ता सकेर निस्किएका छन् ।

जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबीच पहिलो पटक नेकपा एमालेका दोस्रो तहका नेताहरू र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक सिधा संवाद भएको हो ।

उनीसँग संवादका लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वप्रमुख सचेतक महेश बर्तौला बालुवाटार पुगेका थिए ।

उक्त वार्तापछि विघटित संसद्का प्रमुख सचेतक महेश बर्तौलाले गत भदौ २७ गते गरिएको संसद् विघटनबारे सर्वोच्च अदालतबाटै परीक्षण हुनुपर्ने एमालेले अडान राखेको उनले स्पष्ट पारे। ‘अदालतले सरकार वैध छ भने हामी मान्छौँ,’ उनले भने, ‘हामी अदालतको आदेश पालना गर्न तयार छौँ।’

उनीहरूले अहिलेको सरकार गठन र संसद् विघटनबारे सर्वोच्च अदालतले गर्ने संवैधानिक परीक्षणलाई प्रतीक्षा गरिरहेको बताए।

बाहिरबाट दबाब परेको जस्तो बुझिए पनि यस विवादलाई छिटो टुंग्याउन अदालतलाई आग्रह गरिएको उनले बताए। संसद् विघटनको मुद्दामा मिति तोकेर छिटो निष्कर्ष निकाल्न माग गरिएको उनको भनाइ छ।

प्रधानमन्त्रीसँगको वार्तापछि बर्तौलाले सरकार चुनाव गराउने तयारीमा कमजोर देखिएको पनि उल्लेख गरे। उनले अहिलेको सरकारको तयारी हेर्दा फागुन २१ गते निर्वाचन हुनेमा आफूहरूलाई १० प्रतिशत पनि विश्वास नरहेको बताए ।

‘फागुन २१ गते चुनाव हुन्छ भन्नेमा हामी दस प्रतिशत पनि ढुक्क छैनौँ,’ उनले भने, ‘सरकारको अहिलेको तयारी र कामको गति हेर्दा आवश्यक माहोल बनेको देखिँदैन।’

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ७ : १४ बजे

गायिका सुनिता दुलालले गरिन इङ्गेजमेन्ट

काठमाडौं – लोकप्रिय गायिका सुनिता दुलालले लामो समयदेखिको प्रेम सम्बन्धलाई

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौंडा – मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ

शङ्कर पोखरेल भन्छन्ः सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सामाजिक

निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत