ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्‍याउन कार्यक्रम « Khabarhub

ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्‍याउन कार्यक्रम


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भोजपुर– ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

पशुपालक किसानले दैनिकजसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)ले २० किसानलाई एकमहिने पशु स्वास्थ्यसम्बन्धी अभ्यासमूलक प्रशिक्षण दिएको हो ।

एक महिनासम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रमपश्चात सहभागी किसानले आफ्नो क्षेत्रमा दक्ष ढङ्गले काम गर्न सक्ने सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताए ।

प्रशिक्षणका क्रममा सहभागी किसानलाई पशुमा लाग्ने रोग, उपचार पद्धति, बन्ध्याकरण, फार्म व्यवस्थापन, खोप र खोप प्रयोग विधिको विषयमा अभ्यास गराएर आवश्यक सीप दिएको प्रमुख ठाकुरले जानकारी दिए ।

स्थानीय किसानका माग र यहाँको आवश्यकतालाई ध्यानमा राखेर पहिलोपटक सदरमुकाममा यस प्रकारको तालिम सञ्चालन गरिएको उनको भनाइ छ । उनले तालिम लिएकालाई योग्यताको प्रमाणपत्र दिइने बताए ।

जिल्लाका अधिकांश किसान पशुपालन व्यवसायमा जोडिएको भए पनि पशुमा लाग्ने सामन्य रोग तथा उपचार पद्धतिको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको छ ।

स्थानीयस्तरका नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै सीटीईभीटी र भोजपुर नगरपालिकाको सहकार्यमा एकमहिने सामुदायिक पशु सेवा सहायकको तामिल सञ्चालन गरिएको भोजपुर नगरपालिका पशु शाखा प्रमुख सन्तोष कटुवालले बताए । यहाँ उत्पादन भएका जनशक्तिले भावी दिनमा सहज रूपमा ग्रामीण भेगमा पशु सेवालाई विस्तार गर्न सक्ने उनको भनाइ छ ।

आफूले वर्षौँबाट पशुपालन गरिरहेको भए पनि पशुमा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या रहेको अवस्थामा एकमहिने तालिम पाएपछि सहजता भएको सहभागी स्थानीय किसान मोहनप्रसाद ढकालले जानकारी दिए । एक महिनासम्म पशु स्वास्थ्यको विषयमा अभ्यासमूलक सीप लिन पाउँदा खुसी लागेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १० : ५० बजे

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा