मनाङका एक सय बाह्र किशोरीलाई एचपीभी खोप « Khabarhub

मनाङका एक सय बाह्र किशोरीलाई एचपीभी खोप


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मनाङ – देशैभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने तयारी तीव्र भइरहेको छ ।

हिमाली जिल्ला मनाङका कक्षा १ देखि १० सम्मका अध्ययनरत एक सय ६ किशोरीलाई एचपीभी खोप लगाइने भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ किशोरीलाई एचपीभी खोप दिइनेछ ।

उनले भने, ‘जिल्लाका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।’

 मनाङमा यही माघ १८ गतेदेखि स्वास्थ्यकर्मी तथा खोपकर्ताका लागि तालिम, अभिमुखीकरण गरिने श्रेष्ठले बताए ।

कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत (विद्यालय जाने) र १० देखि १४ वर्षसम्मका (विद्यालय नजाने) छात्राहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए। चार खोप केन्द्रमार्फत किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

नासों गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशंकर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्र तोकिएको कार्यालयले जनाएको छ । 

विद्यालय नजाने किशोरीलाई स्वास्थ्य कार्यालय वा तोकिएका खोप केन्द्रमार्फत खोप लगाइनेछ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १२ : ३८ बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी