चौमाला–खैराला सडक : शिलान्यास भएको १७ वर्षपछि कालोपत्र « Khabarhub

चौमाला–खैराला सडक : शिलान्यास भएको १७ वर्षपछि कालोपत्र


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्रे गर्ने काम सुरु गरेको हो ।

सो सडकको नौ सय मिटर सडक कालोपत्रे गर्नका लागि गत आर्थिक वर्ष २०८०-८१ को वैशाखमा एक करोड ९५ लाखमा ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईंका अनुसार उक्त सडकमा नालीसहितका पूर्वाधारको काम सकेर कालोपत्रे गर्ने काम अघि बढेको छ ।

उनले फागुन मसान्तभित्र सडक कालोपत्रे सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको छ । चौमाला बजार क्षेत्रदेखि उत्तरी भेगको नौ सय मिटर कालोपत्रको काम शिलान्यास भएको १७ वर्षपछि सुरु भएको बताए।

चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालयले उक्त सडकको चुरे फेदीसम्म थप पाँच किलोमिटर कालोपत्रे गर्नका लागि रु १० करोड बजेट सङ्घीय सरकारसँग माग गरेको छ । चुरे क्षेत्रको सडक कालोपत्रे तथा स्तरवृद्धिका लागि थप बजेट माग गरेको इन्जिनियर चौलागाईंको भनाइ छ  ।

सङ्घीय सरकारले सडक डिभिजन कार्यालयले गरेको मागअनुसार रु १० करोड बजेटको सुनिश्चितता प्रदान गरेमा थप पाँच किलोमिटर सडकको स्तरवृद्धि गरिने उनले जानकारी दिए । 

चौमाला बजारदेखि खैराला जोड्ने उक्त सडकको २०६४ चैत २८ गते शिलान्यास गरिएको थियो । चौमाला–खैराला सडकको शिलान्यास गरेको १७ वर्षपछि सडकको स्तरवृद्धि गरिन थालेपछि सडक निर्माणले पूर्णता पाउने आशा पलाएको चुरे गाउँपालिका–४ का स्थानीय प्रेम गुरुङको भनाइ छ ।

चौमाला–खैराला सडकको स्तरवृद्धि नहुँदा हरेक वर्षायाममा यातायात सञ्चालनमा समेत समस्या हुँदै आएको उनले बताए। चौमाला–खैराला सडकको चुरे क्षेत्रमा स्तरवृद्धि भएमा आवागमनमा सहजतासँगै त्यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार पाउने उनको भनाइ छ । 

चौमालादेखि ऐतिहासिक गर्भा दरबारसम्मको सडकको लम्बाइ २४ किलोमिटर रहेको छ । कैलालीको चुरे–४ खैराला सुन्तला, बेसार, अदुवा, अमिलो, कागतीको पकेट क्षेत्रका रूपमा चिनिँदै आएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १ : १८ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका