पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले बोलाए योगेशसहित कोशी पहाडका सांसदहरूलाई « Khabarhub

पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले बोलाए योगेशसहित कोशी पहाडका सांसदहरूलाई


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभरामा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारलाई लिएर तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् ।

मन्त्री लेखकले मंगलबार अपरान्ह ५ बजे कोशी पहाडबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग संवाद गर्न लागेका हुन् ।

शनिबार ‘नो केबलकार समूह’र सुरक्षाकर्मीबीच तनावपूर्ण झडप भएपछि सरकारले यसबारे कोशी पहाडका जनप्रतिनिधिहरूसँग संवाद गर्न लागेको हो ।

मन्त्री लेखकले ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका नेकपा एमालेका सचिव योगेश भट्टराईसहितलाई बोलाएका हुन् । उनले अरु सांसदहरू लीलादेवी बोखिम र उर्मिला थेबेलाई पनि छलफलका लागि बोलाएका छन् ।

‘छलफलका लागि गृहमन्त्रीले मंगलबार ५ बजे सिंहदरबार बोलाउनु भएको छ’, भट्टराईले भने, ‘केबलकारको विवादबारे गर्न लागिएको उक्त छलफलमा कोशी पहाडी जिल्लाका सांसदहरूलाई पनि खबर गरिएको जानकारी आएको छ ।’

गृहमन्त्री लेखकले तेह्रथुम, ताप्लेजुङ, इलाम, पाँचथर,धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाका सांसदहरुलाई बोलाएर विस्तृत छलफल गर्न लागेका हुन् ।

शनिबार सुरक्षाकर्मीसँग ‘नो केबलकार समूह’को झडप हुँदा २४ जनाभन्दा धेरै घाइते भएका थिए । सुरक्षाकर्मीतिर २० जना र प्रदर्शनकारीतिर ४ जना घाइते भएका थिए । प्रदर्शनकारीमध्ये २ जनालाई गोली लागेको छ भने एकजनाको कुमको हड्डी भाँचिएको छ ।

प्रहरीले ‘नो केबलकार समूह’ले आन्दोलनका लागि घरेलु हतियार लुकाएको भन्दै घरमा खानतलासी गरेपछि तनाव बढेको थियो । शनिबार दिउँसो सामान्य झडप भए पनि साँझ हिंश्रक झडप हुन पुगेको थियो ।

आईएमई ग्रुपले निर्माण गर्न लागेको उक्त केबलकारका कारण आदिवासी जनजातिले मुकमुलुङ नामले पुकार्ने पाथीभारा क्षेत्र एक वर्षदेखि तनावबाट गुज्रिरहेको छ ।

यो विवादका क्रममा सोमबार मात्रै ‘नो केबलकार समूह’ले चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय र अन्य शाखा कार्यालयमा धर्ना दिएर प्रदर्शन गरेका थिए ।

यो पनि-
केबलकार चढेर कान्छीथानबाट कसरी धागो टाङ्ने ?’

पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १ : ४७ बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी