अध्यादेशबारे सञ्चारमन्त्रीको जवाफ- संसद् छलेर सरकार कहीँ भाग्दैन « Khabarhub

अध्यादेशबारे सञ्चारमन्त्रीको जवाफ- संसद् छलेर सरकार कहीँ भाग्दैन


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार संसद्लाई छलेर जाने पक्षमा नरहेको बताएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले सरकारले ल्याएका अध्यादेश सदनमा पेश गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाई कार्यान्वयनमा जाने निर्णय गरेको उनले बताए ।

सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको उनले बताए । सुशासन प्रवर्द्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको दाबी उनले गरे।

सरकारका प्रवक्ता गुरुङले विपक्षीले भनेजस्तो संसद छल्ने बदनियत सरकारको नरहेको बताए । सदनमै खुला छलफल गरेर अध्यादेश पास गरिने पनि उनले बताए ।

त्यस्तै सरकारले माघ १६ गते सहिद दिवसको अवसरमा बुधबार काठमाडौंमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारकोतर्फबाट विशेष समारोहसहित मनाउने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले बताए ।

सहिद दिवसका दिन पहिला सहिदगेट पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितले माल्यार्पण गर्ने उनले बताए । त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए ।

श्रद्धाञ्जली अर्पणपछि काठमाडौंको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोह आयोजना गरिने प्रवक्ता गुरुङले बताए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार