अध्यादेशबारे सञ्चारमन्त्रीको जवाफ- संसद् छलेर सरकार कहीँ भाग्दैन | Khabarhub Khabarhub

अध्यादेशबारे सञ्चारमन्त्रीको जवाफ- संसद् छलेर सरकार कहीँ भाग्दैन


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार संसद्लाई छलेर जाने पक्षमा नरहेको बताएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले सरकारले ल्याएका अध्यादेश सदनमा पेश गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाई कार्यान्वयनमा जाने निर्णय गरेको उनले बताए ।

सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको उनले बताए । सुशासन प्रवर्द्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको दाबी उनले गरे।

सरकारका प्रवक्ता गुरुङले विपक्षीले भनेजस्तो संसद छल्ने बदनियत सरकारको नरहेको बताए । सदनमै खुला छलफल गरेर अध्यादेश पास गरिने पनि उनले बताए ।

त्यस्तै सरकारले माघ १६ गते सहिद दिवसको अवसरमा बुधबार काठमाडौंमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारकोतर्फबाट विशेष समारोहसहित मनाउने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले बताए ।

सहिद दिवसका दिन पहिला सहिदगेट पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितले माल्यार्पण गर्ने उनले बताए । त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए ।

श्रद्धाञ्जली अर्पणपछि काठमाडौंको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोह आयोजना गरिने प्रवक्ता गुरुङले बताए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : २५ बजे

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

नवलपरासी– सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौं– विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं– आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित