अध्यादेशलाई लिएर कार्यव्यवस्था समितिमा सत्तारुढ र प्रतिपक्षीबीच नोंकझोक « Khabarhub

अध्यादेशलाई लिएर कार्यव्यवस्था समितिमा सत्तारुढ र प्रतिपक्षीबीच नोंकझोक


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् बैठक बोलाउन छाडेर अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारको कदममा आपत्ति जनाएको छ ।

सभामुख देवराज घिमिरले मंगलबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्षी माओवादी सत्तारुढ नेपाली कांग्रेसप्रति आक्रामक भएको हो ।

‘ ठूला दलका प्रमुख सचेतकले अब अध्यादेशबाटै सरकार चलाउने हो भनेपछि मैले आपत्ति जनाएँ’, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘त्यसपछि मैले प्रतिप्रश्न गरेँ, यसअघि संसद् बिघटन भएको हो । ६ वटा अध्यादेशबाट ल्याएर सरकार चलाउँछु भनेपछि मैले आपत्ति जनाएँ ।’

उनका अनुसार अध्यादेशका बिषयवस्तु महत्वपुर्ण भएकाले माघ १८ गतेदेखि सुरू हुने संसद बैठकमा प्रश्न उठाउने तयारी माओवादीले गरेको छ।

खासगरी ६ अध्यादेशमध्ये आर्थिक कार्यविधि र उत्तरदायित्व विधेयक संसद्मा छलफलमा रहेको बेला त्यही विधेयकलाई अध्यादेशमार्फत् ल्याएकोमा माओवादीले आपत्ति जनाएको हो ।

नियमअनुसार, प्रचलन अनुसार, संविधान अनुसार सरकारको उक्त काम नमिलेको तर्क माओवादीले गरेको पाण्डेले बताए ।

सरकारले पुसमा ल्याएको ६ वटा अध्यादेशबारे गत माघ ४ गते प्रतिपक्षका ७ दलले संयुक्त धारणा राखेको उनले उल्लेख गरे । माघ १८ गतेदेखि हुने संसद् बैठकमा पनि यसबारे प्रश्न गर्ने तयारी भएको पाण्डेले बताए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : ०४ बजे

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको