भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु « Khabarhub

भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी भारतमा मंगलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको  छ ।

 साथै ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् । यो घटना राजधानी नयाँदिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो । त्यहाँ जहाँ जैन धर्मका सयौँ भक्तजन मिठाई चढाउन एक मन्दिरमा भेला भएका थिए ।

‘एउटा काठको संरचना भत्किँदा पाँच जनाको मृत्यु भएको छ’, जिल्ला प्रशासक अस्मिता लालले भने , ‘अन्य ४० जना घाइते भएका छन्, तीमध्ये २० जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।’

जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष यस पर्वको अवसरमा यो प्लेटफर्म निर्माण गरिने एनडिटिभी समाचार नेटवर्कले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : ५२ बजे

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

एजेन्सी– अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी

 विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक

दलित समुदाय : सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर– मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस धनुषा जिल्लामा