‘रास्वपा नेताहरूको विगत खोतल्दै जाँदा कुनै न कुनै काण्ड भेटिन्छन्’ « Khabarhub

‘रास्वपा नेताहरूको विगत खोतल्दै जाँदा कुनै न कुनै काण्ड भेटिन्छन्’


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय एकपछि अर्को विवादित अभिव्यक्ति दिइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अर्को आक्रमक भनाइ सार्वजनिक गरेकी छन् ।

केही दिनअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कार मुद्दामा जोगाएको आरोप लगाएकी उनले मंगलबार आफ्नै पार्टीबारे तीखो टिप्पणी गरेकी हुन् ।

उनले रास्वपाका नेता–कार्यकर्ताको विगत खोज्दै गए कुनै न कुनै काण्डमा मुछिएका पाइने जिकिर गरेकी हुन् ।

विवादास्पद अभिव्यक्ति दिइरहेकी उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूलाई रास्वपा बताउनेहरूको विगत खोज्दै गए कुनै न कुनै काण्डमा मुछिएका पाइने बताएकी हुन् ।

‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्,’ उनले लेखेकी छन्, ‘मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय ।’

केन्द्रीय सदस्य संग्रौलाले आफूले केही दिनअघि दिएको अभिव्यक्तिको विषयमा पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधे जुनसुकै ठाउँमा उभिएर जवाफ दिन तयार रहेको पनि बताएकी छन् ।

‘मेरो अभिव्यक्तिको विषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर भए पनि जवाफ दिन तयार छु,’ उनले भनेकी छन् ।

केहीदिन अघि संग्रौलाले सहकारी ठगी प्रकरणमा मुछिएका सभापति लामिछाने गृहमन्त्री हुँदा बलात्कारको मुद्दामा ‘जीवनदान’ दिएको व्यक्ति अहिले निकै नै उफ्रिरहेको अभिव्यक्ति दिएकी थिइन् ।

उनको यो भनाइ एमाले नेता बस्नेततिर थियो । बस्नेतलाई शोभा पाठकले बलात्कार आरोप लगाइरहेकी छन् । बस्नेत रवि र बालेन्द्र साहविरुद्ध आक्रमक भइरहेका बेला शोभा भने दिनदिने लाइभमा आइरहेकी छन् । लाइभमा उनले बस्नेतले आफूमाथि बलात्कार गरेको बताइरहेकी छन् ।

सरकारले बस्नेतलाई जोगाएको भन्दै शोभा माइतीघरमण्डलमा धर्नासमेत बसिसकेकी छन् । तर उनले बस्नेतविरुद्ध दिएको जाहेरी दर्ता भएर अहिलेसम्म मुद्दा अघि बढेको छैन ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ५ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै