केरा खाएर बोक्रा फ्याँक्नु हुन्छ ? यस्ता छन् फाइदा « Khabarhub

केरा खाएर बोक्रा फ्याँक्नु हुन्छ ? यस्ता छन् फाइदा


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केरा हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसको सेवनले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।

खासमा केरा खाएपछि यसको बोक्रा तुरुन्तै फालिन्छ। तर के तपाईँलाई थाहा छ केराको बोक्रा जसलाई हामीले बेकार ठानेर फोहोर फाल्ने गर्छौँ, त्यो हाम्रो छालाको लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा । हो, केराको बोक्रा फोहोर होइन, बरु यसले तपाईँको छालाको धेरै समस्या हटाउन मद्दत गर्छ। यसमा पाइने पौष्टिक तत्त्व र एन्टिअक्सिडेन्ट गुणले तपाईँको छालालाई निखार्ने मात्र नभई यसलाई स्वस्थ र जवान राख्न पनि मद्दत गर्छ ।

हेर्नुहोस् केराको बोक्राका फाइदा :

डन्डीफोर हटाउन : केराको बोक्रामा एन्टिब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले डन्डीफोर कम गर्न मद्दत गर्छ। यसले छालाको अतिरिक्त तेल र फोहोर हटाएर पिम्पलको समस्यालाई नियन्त्रण गर्छ।

छालाको चमक : केराको बोक्रामा पाइने पोटासियम, भिटामिन सी र एन्टिअक्सिडेन्टले छालालाई पोषण दिन्छ र यसलाई सुधार गर्छ। यसले छालाको निरसपन घटाएर चम्किलो बनाउँछ। केराको बोक्रा प्रयोग गर्दा अनुहारमा फरक चमक आउँछ।

डार्कसर्कल कम गराउन : यदि तपाई आँखा मुनि कालो घेराबाट हैरान हुनुहुन्छ भने केराको बोक्रा प्रयोग गर्नुहोस् । यी डार्क सर्कल कम गर्न धेरै लाभदायक छन्। यसमा पाइने पोषक तत्त्वले छालालाई हाइड्रेट गर्छ र कालो घेरालाई हल्का बनाउन मद्दत गर्छ।

चाउरीपनमा कमी : केराको बोक्राले अनुहारको चाउरीपन कम गर्न पनि मद्दत गर्छ। यसको प्रयोगले छालाको बुढ्यौली प्रक्रियालाई सुस्त बनाउँछ। यसमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी एजिङ गुणले छालालाई कडा बनाउँछ र चाउरीपन कम गर्छ।

जलन र चिलाउनबाट राहत: यदि तपाईँ आफ्नो छालामा चिलाउने, जलन वा कुनै प्रकारको एलर्जीको अनुभव गर्दै हुनुहुन्छ भने केराको बोक्रालाई प्रभावित क्षेत्रमा लगाउनुहोस्। यसले तपाईँलाई तत्काल राहत दिन मद्दत गर्छ। यसबाहेक यसबाट कुनै हानि हुने छैन।

कसरी प्रयोग गर्ने ? 

छालामा सीधा लगाउनुहोस् : केराको बोक्राको भित्री भाग प्रभावित क्षेत्रमा बिस्तारै लगाउनुहोस्। यसलाई १०–१५ मिनेटको लागि छोड्नुहोस् र त्यसपछि मनतातो पानीले धुनुहोस् । यो विधि डन्डीफोर र कालो घेरा हटाउनका लागि धेरै प्रभावकारी हुनेछ ।

फेस मास्क बनाउनुहोस्: केराको बोक्रालाई पिसेर त्यसमा मह र कागतीको रस मिसाएर प्याक तयार गर्नुहोस् । यो प्याक अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि धुनुहोस्। यो मास्कले छालालाई चम्किलो र टोन गर्न मद्दत गर्दछ ।

कालो दागमा लगाउनुहोस् : केराको बोक्रालाई सानो टुक्रामा काट्नुहोस् र अनुहारको कालो दागहरूमा लगाउनुहोस् । यसलाई १०–१५ मिनेटको लागि छोड्नु होस् र त्यसपछि यसलाई पानीले सफा गर्नुहोस् । नियमित प्रयोगले कालो दागहरू हल्का हुन थाल्छन् । -न्युजकारखानाबाट

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ६ : ११ बजे

विश्वकपमा मेसीको ह्याट्रिकले रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ