क्रान्तिकारी अध्यक्षका तीन उम्मेदवार एकैठाउँ, भने- यथाशीघ्र बाल्मीकिमै मतगणना थालियोस् « Khabarhub

क्रान्तिकारी अध्यक्षका तीन उम्मेदवार एकैठाउँ, भने- यथाशीघ्र बाल्मीकिमै मतगणना थालियोस्


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको स्थगित मतगणना बाल्मीकि क्याम्पसमा नै गराउन माग गरिएको छ ।

अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजेपछि अध्यक्षका तीन उम्मेदवारले बाल्मीकि क्याम्पसमै गराउन माग गरेका हुन् । अध्यक्षका उम्मेदवारत्रय उपदेश यादव, सुदीन पौडेल र हेमन्त राइले एकजुट भएर यसो भनेका हुन्।

‘२३ औँ राष्ट्रिय सम्मेलनको मतदान प्रकियामा ८ वटै मतदान केन्द्रमा मतदान भइसकेको छ। जसमध्ये ७ वटा मतदान केन्द्रको मतगणना गरिसकेका छौँ । अन्य बिषय थाँती राख्दै मतदान पश्चात बाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्ड बारे सुझावसहितको संयुक्त माग पेश गर्दछौँ’, उनीहरुले मतदान अधिकृतसमक्ष भनेका छन्, ‘मतादान भएको क्याम्पस बाल्मीकि क्याम्पसमै मतगणना गरिनु पर्दछ ।’

उनीहरूले रेजाका लागि निर्वाचन समितिले ब्यवस्था गरेको ‘रातो मसी कलम’द्वारा रेजा लगाइएको मत मात्रै गणना गरिनु पर्ने माग गरेका छन् । रातो कलमबाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनु पर्ने उनीहरूको माग छ ।

बाँकी प्रकिया पूरा गरी अबिलम्ब मतगणना सुरू गर्न पनि उनीहरूले भनेका छन् । पटक पटक स्थगित हुँदै आएको अखिल क्रान्तिकारीको नेतृत्वका लागि निर्वाचन भए पनि ‘कालो मसी’ले रेजा लगाइएको मत पत्र भेटिएपछि विवाद भएको थियो ।

विवादबीच पार्टीले हस्तक्षेप गरी बाल्मीकिबाट पेरिसडाँडामा लगेर मतगणना गर्न खोजेपछि तीन अध्यक्षका उम्मेदवारले असहमति जनाएका हुन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : २७ बजे

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोर के (Galaxy 4K) टेलिभिजनलाई १५

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५