क्रान्तिकारी अध्यक्षका तीन उम्मेदवार एकैठाउँ, भने- यथाशीघ्र बाल्मीकिमै मतगणना थालियोस् « Khabarhub

क्रान्तिकारी अध्यक्षका तीन उम्मेदवार एकैठाउँ, भने- यथाशीघ्र बाल्मीकिमै मतगणना थालियोस्


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको स्थगित मतगणना बाल्मीकि क्याम्पसमा नै गराउन माग गरिएको छ ।

अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजेपछि अध्यक्षका तीन उम्मेदवारले बाल्मीकि क्याम्पसमै गराउन माग गरेका हुन् । अध्यक्षका उम्मेदवारत्रय उपदेश यादव, सुदीन पौडेल र हेमन्त राइले एकजुट भएर यसो भनेका हुन्।

‘२३ औँ राष्ट्रिय सम्मेलनको मतदान प्रकियामा ८ वटै मतदान केन्द्रमा मतदान भइसकेको छ। जसमध्ये ७ वटा मतदान केन्द्रको मतगणना गरिसकेका छौँ । अन्य बिषय थाँती राख्दै मतदान पश्चात बाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्ड बारे सुझावसहितको संयुक्त माग पेश गर्दछौँ’, उनीहरुले मतदान अधिकृतसमक्ष भनेका छन्, ‘मतादान भएको क्याम्पस बाल्मीकि क्याम्पसमै मतगणना गरिनु पर्दछ ।’

उनीहरूले रेजाका लागि निर्वाचन समितिले ब्यवस्था गरेको ‘रातो मसी कलम’द्वारा रेजा लगाइएको मत मात्रै गणना गरिनु पर्ने माग गरेका छन् । रातो कलमबाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनु पर्ने उनीहरूको माग छ ।

बाँकी प्रकिया पूरा गरी अबिलम्ब मतगणना सुरू गर्न पनि उनीहरूले भनेका छन् । पटक पटक स्थगित हुँदै आएको अखिल क्रान्तिकारीको नेतृत्वका लागि निर्वाचन भए पनि ‘कालो मसी’ले रेजा लगाइएको मत पत्र भेटिएपछि विवाद भएको थियो ।

विवादबीच पार्टीले हस्तक्षेप गरी बाल्मीकिबाट पेरिसडाँडामा लगेर मतगणना गर्न खोजेपछि तीन अध्यक्षका उम्मेदवारले असहमति जनाएका हुन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : २७ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका