मलेसियामा पानीजहाज दुर्घटना हुँदा एक जना बेपत्ता, ६ जनाको उद्धार « Khabarhub

मलेसियामा पानीजहाज दुर्घटना हुँदा एक जना बेपत्ता, ६ जनाको उद्धार


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मलेसियाको उत्तरी बोर्नियो राज्यको सारावाकको तटमा पानीजहाज दुर्घटना हुँदा मुख्य चालक (कप्तान) बेपत्ता भएको छ । चालक दलका अन्य छ जना सदस्यको उद्धार गरिएको मलेसियाली तटरक्षकले मंगलबार जनाएको छ।

सोमबार राति सम्पर्कविहीन भएको जहाज मंगलबार स्थानीय समय अनुसार बिहान ६ः३० बजे फेला परेको थियो । चालक दलका छ जना सदस्यलाई चाँडै उद्धार गरिएको मलेसियाली सामुद्रिक प्रवर्तन एजेन्सी लाबुआनका निर्देशक इज्वानहादी इड्रोसले पत्रकार सम्मेलनमा बताए ।

‘हामीले छ जना चालक दलका सदस्यहरूलाई तुरुन्तै उद्धार गर्‍यौँ, जसमध्ये दुईलाई सामान्य चोट लागेको थियो । अन्य चारको अवस्था स्थिर छ,’ उनले बताए । स्कुबा डाइभिङ टोलीले बेपत्ता कप्तानको खोजी गरिरहेको छ ।  

इज्वानहादीले प्रतिकूल मौसम परिस्थितिले पानीजहाज दुर्घटना भएको बताए । अधिकारीहरूले घटनाको खोजी र अनुसन्धान जारी राखेको छ ।  

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार