पाथीभरामा केबलकार विवाद : कोशीको पाँच जिल्लाका सांसदहरूसँग गृहमन्त्रीको संवाद « Khabarhub

पाथीभरामा केबलकार विवाद : कोशीको पाँच जिल्लाका सांसदहरूसँग गृहमन्त्रीको संवाद


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभरामा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारलाई लिएर तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् ।

मन्त्री लेखकले मंगलबार अपरान्ह ५ बजेदेखि कोशी पहाडका ५ जिल्लाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग संवाद गरेका हुन् ।

पाथीभरा केबलकारको सन्दर्भमा उनले ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र संखुवासभाका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका हुन्।

शनिबार ‘नो केबलकार समूह’र सुरक्षाकर्मीबीच तनावपूर्ण झडप भएपछि सरकारले यसबारे कोशी पहाडका जनप्रतिनिधिहरूसँग यो संवाद भएको हो। ती सांसदहरूको सुझावपछि केबलकारबारे सरकारले उचित कदम चाल्ने भएको छ ।

मन्त्री लेखकले ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका नेकपा एमालेका सचिव योगेश भट्टराईसहितलाई बोलाएका थिए । छलफलमा ऊर्जामन्त्री दीपक खड्का तथा सांसदहरू लीलादेवी बोखिम, सुहाङ नेम्बाङ र उर्मिला थेबेसहित सहभागी थिए ।

तर उक्त छलफलमा भएका कुराकानीबारे थप कुरा आइसकेको छैन । केबलकारको विवादबारे भएएको छलफलबाट आएका सुझावअनुसार ताप्लेजुङको केबलकारबारे सरकारले आवश्यक निर्णय लिने तयारी गरेको छ।

शनिबार सुरक्षाकर्मीसँग ‘नो केबलकार समूह’को झडप हुँदा २४ जनाभन्दा धेरै घाइते भएका थिए । सुरक्षाकर्मीतिर २० जना र प्रदर्शनकारीतिर ४ जना घाइते भएका थिए । प्रदर्शनकारीमध्ये २ जनालाई गोली लागेको छ भने एकजनाको कुमको हड्डी भाँचिएको छ ।

प्रहरीले ‘नो केबलकार समूह’ले आन्दोलनका लागि घरेलु हतियार लुकाएको भन्दै घरमा खानतलासी गरेपछि तनाव बढेको थियो । शनिबार दिउँसो सामान्य झडप भए पनि साँझ हिंश्रक झडप हुन पुगेको थियो ।

आईएमई ग्रुपले निर्माण गर्न लागेको उक्त केबलकारका कारण आदिवासी जनजातिले मुकमुलुङ नामले पुकार्ने पाथीभारा क्षेत्र एक वर्षदेखि तनावबाट गुज्रिरहेको छ ।

यो विवादका क्रममा सोमबार मात्रै ‘नो केबलकार समूह’ले चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय र अन्य शाखा कार्यालयमा धर्ना दिएर प्रदर्शन गरेका थिए ।

यो पनि-
केबलकार चढेर कान्छीथानबाट कसरी धागो टाङ्ने ?’

पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ५२ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य