पाथीभरामा केबलकार विवाद : कोशीको पाँच जिल्लाका सांसदहरूसँग गृहमन्त्रीको संवाद « Khabarhub

पाथीभरामा केबलकार विवाद : कोशीको पाँच जिल्लाका सांसदहरूसँग गृहमन्त्रीको संवाद


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभरामा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारलाई लिएर तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् ।

मन्त्री लेखकले मंगलबार अपरान्ह ५ बजेदेखि कोशी पहाडका ५ जिल्लाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग संवाद गरेका हुन् ।

पाथीभरा केबलकारको सन्दर्भमा उनले ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र संखुवासभाका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका हुन्।

शनिबार ‘नो केबलकार समूह’र सुरक्षाकर्मीबीच तनावपूर्ण झडप भएपछि सरकारले यसबारे कोशी पहाडका जनप्रतिनिधिहरूसँग यो संवाद भएको हो। ती सांसदहरूको सुझावपछि केबलकारबारे सरकारले उचित कदम चाल्ने भएको छ ।

मन्त्री लेखकले ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका नेकपा एमालेका सचिव योगेश भट्टराईसहितलाई बोलाएका थिए । छलफलमा ऊर्जामन्त्री दीपक खड्का तथा सांसदहरू लीलादेवी बोखिम, सुहाङ नेम्बाङ र उर्मिला थेबेसहित सहभागी थिए ।

तर उक्त छलफलमा भएका कुराकानीबारे थप कुरा आइसकेको छैन । केबलकारको विवादबारे भएएको छलफलबाट आएका सुझावअनुसार ताप्लेजुङको केबलकारबारे सरकारले आवश्यक निर्णय लिने तयारी गरेको छ।

शनिबार सुरक्षाकर्मीसँग ‘नो केबलकार समूह’को झडप हुँदा २४ जनाभन्दा धेरै घाइते भएका थिए । सुरक्षाकर्मीतिर २० जना र प्रदर्शनकारीतिर ४ जना घाइते भएका थिए । प्रदर्शनकारीमध्ये २ जनालाई गोली लागेको छ भने एकजनाको कुमको हड्डी भाँचिएको छ ।

प्रहरीले ‘नो केबलकार समूह’ले आन्दोलनका लागि घरेलु हतियार लुकाएको भन्दै घरमा खानतलासी गरेपछि तनाव बढेको थियो । शनिबार दिउँसो सामान्य झडप भए पनि साँझ हिंश्रक झडप हुन पुगेको थियो ।

आईएमई ग्रुपले निर्माण गर्न लागेको उक्त केबलकारका कारण आदिवासी जनजातिले मुकमुलुङ नामले पुकार्ने पाथीभारा क्षेत्र एक वर्षदेखि तनावबाट गुज्रिरहेको छ ।

यो विवादका क्रममा सोमबार मात्रै ‘नो केबलकार समूह’ले चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय र अन्य शाखा कार्यालयमा धर्ना दिएर प्रदर्शन गरेका थिए ।

यो पनि-
केबलकार चढेर कान्छीथानबाट कसरी धागो टाङ्ने ?’

पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ५२ बजे

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल