लमजुङमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

लमजुङमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दोर्दी गाउँपालिका–५, पाचोक क्षेत्रस्थित कैँची जंगलको कच्ची सडकमा ट्र्याक्टर दुर्घटना हुँदा तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका अन्दाजी २७ वर्षीय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको हो । 

कैँचीडाँडाबाट काठदाउरा लिन चाँदीडाँडा जाँदै गरेको ग१त ५२७६ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए। उनले दुर्घटना स्थल जंगल रहेको र त्यहाँ वरिपरि कोही नभएकाले मृतक चालक हुन् वा अन्य भनेर यकिन भईनसकेको बताए। 

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ५६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार