लमजुङमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

लमजुङमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दोर्दी गाउँपालिका–५, पाचोक क्षेत्रस्थित कैँची जंगलको कच्ची सडकमा ट्र्याक्टर दुर्घटना हुँदा तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका अन्दाजी २७ वर्षीय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको हो । 

कैँचीडाँडाबाट काठदाउरा लिन चाँदीडाँडा जाँदै गरेको ग१त ५२७६ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए। उनले दुर्घटना स्थल जंगल रहेको र त्यहाँ वरिपरि कोही नभएकाले मृतक चालक हुन् वा अन्य भनेर यकिन भईनसकेको बताए। 

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ५६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा