पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए « Khabarhub

पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सेनाको एउटा चेकपोस्टमा भएको आक्रमणमा दुई सैनिक र पाँच सशस्त्र विद्रोहीहरूको मृत्यु भएको सेनाले जनाएको छ ।

सशस्त्र विद्रोहीहरूले प्रान्तको किला अब्दुल्ला जिल्लाको गुलिस्तान क्षेत्रमा रहेको सुरक्षा बलको चौकीलाई निशाना बनाएको सैन्य सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले एक विज्ञप्तिमार्फत जनाएको छ ।

आत्मघाती आक्रमणकारीहरू सहित सशस्त्र विद्रोहीहरूको एक समूहले चेकपोस्टमा प्रवेश गर्ने प्रयास गरेको आईएसपीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । सशस्त्र विद्रोहीहरूले विस्फोटक पदार्थले भरिएको गाडी पोस्टको पर्खालमा ठोकेका थिए ।

यस क्षेत्रमा अन्य सशस्त्र विद्रोहीहरूको उपस्थिति समाप्त गर्न सेनाको अपरेशन चलिरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : ५४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार