‘विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान’ « Khabarhub

‘विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान’


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुनसरी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र विकास प्रक्रियामा उल्लेखनीय सहयोग प्राप्त भएको बताएकी छिन्‌ ।

इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाका माध्यमबाट समतामूलक समाज निर्माणमा सहयोग पुगेको बताएकी हुन्‌ ।

भण्डारीले भनिन्‌, ‘विद्यार्थीको समग्र विकास गर्दै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमान्दार नागरिक तयार गर्न विद्यालय शिक्षाले अहम भूमिका खेलिरहेको छ ।’

जनता माध्यमिक विद्यालयले शिक्षाको आधारभूत मान्यतालाई आत्मासाथ गर्दै गुणस्तरीय शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उनले तर्क गरिन्‌ ।

भण्डारीले भनिन्‌, ‘शिक्षा क्षेत्रमा नेपाल सरकारको उल्लेखनीय लगानी भए पनि शैक्षिक प्रणालीमा अपेक्षित उपलब्धि गर्न सकिएको छैन । सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकारले थप पहल गर्नुपर्नेछ ।’

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललगायतको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ९ : १५ बजे

सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका