‘विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान’ « Khabarhub

‘विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान’


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुनसरी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र विकास प्रक्रियामा उल्लेखनीय सहयोग प्राप्त भएको बताएकी छिन्‌ ।

इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाका माध्यमबाट समतामूलक समाज निर्माणमा सहयोग पुगेको बताएकी हुन्‌ ।

भण्डारीले भनिन्‌, ‘विद्यार्थीको समग्र विकास गर्दै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमान्दार नागरिक तयार गर्न विद्यालय शिक्षाले अहम भूमिका खेलिरहेको छ ।’

जनता माध्यमिक विद्यालयले शिक्षाको आधारभूत मान्यतालाई आत्मासाथ गर्दै गुणस्तरीय शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उनले तर्क गरिन्‌ ।

भण्डारीले भनिन्‌, ‘शिक्षा क्षेत्रमा नेपाल सरकारको उल्लेखनीय लगानी भए पनि शैक्षिक प्रणालीमा अपेक्षित उपलब्धि गर्न सकिएको छैन । सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकारले थप पहल गर्नुपर्नेछ ।’

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललगायतको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ९ : १५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका