उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी « Khabarhub

उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुस-युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न खोजिरहेकै बेला उत्तर कोरियाले रुसमा युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी गरिएको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाले रुसमा थप सेना पठाएको दक्षिण कोरियाको जासूस एजेन्सीले बिहीबार जनाएको हो । युक्रेनविरुद्धको युद्धमा धेरै उत्तर कोरियाली सैनिकहरूको मृत्यु भएपछि थप सेना पठाइएको दाबी गरिएको छ।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) ले उत्तर कोरियाले रुसमा कति नयाँ सेना पठाएको छ भनेर पत्ता लगाउने प्रयास भइरहेको बताएको छ । एनआईएसले रुसको कुर्स्क क्षेत्रमा ठूलो संख्यामा उत्तर कोरियाली सैनिकहरू मारिएको पनि बताएको छ ।

 यसपछि, रुसले यहाँबाट उत्तर कोरियाली सेनालाई हटाएको थियो । तर फेब्रुअरीको पहिलो हप्तामा सैनिकहरू फेरि यहाँ तैनाथ गरिएको बताइएको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेब्रुअरी ७ मा आफ्नो सम्बोधनमा कुर्स्कमा युक्रेनमाथि आक्रमण बढिरहेको बताएका थिए । यहाँ उत्तर कोरियाली सैनिकहरू रुसी सेनासँग लडिरहेको उनले दाबी गरेका थिए ।

पश्चिमी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर एजेन्सीहरूले पहिले नै उत्तर कोरियाले रुसी सेनालाई समर्थन गर्न आफ्ना १० हजार भन्दा बढी सेना तैनाथ गरेको दाबी गरेका थिए । उत्तर कोरियाली सैनिकहरू अत्यधिक अनुशासित र राम्रोसँग प्रशिक्षित भए तापनि, लडाई अनुभव र क्षेत्रको ज्ञानको कमीका कारण उनीहरू आक्रमणको सिकार भएको दाबी गरिएको छ ।

गत महिना, दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले रुस-युक्रेन युद्धमा लगभग ३०० उत्तर कोरियाली सैनिक मारिएको र २,७०० जना घाइते भएको बताएको थियो । जबकि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मारिएका वा घाइते भएका उत्तर कोरियालीहरूको संख्या ४ हजार रहेको बताएका थिए । 

दक्षिण कोरियाले अब जनवरी र फेब्रुअरीबीच कुर्स्कमा थप एक देखि तीन हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको दाबी गरेको छ ।

दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले अगस्ट २०२३ देखि रूसमा तोपखाना, क्षेप्यास्त्र र अन्य हतियारका लगभग १३ हजार कन्टेनर पठाएको बताएको छ । 

युक्रेन युद्धमा सहयोगको बदलामा रुसले उत्तर कोरियालाई महत्त्वपूर्ण हतियार र प्रविधि उपलब्ध गराउन सक्ने दक्षिण कोरियाले डर महसुस गरेको छ । अर्कोतर्फ रूसले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई पनि सहयोग गर्न सक्ने दक्षिण कोरियाको आशंका रहेको छ । 

युक्रेन युद्धमा गरेको सहयोगको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक र अन्य सहयोग पाउने आशा पनि राखेको छ । 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : २६ बजे

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा