भूकम्पको केन्द्र सिन्धुपाल्चोकमा कति क्षति भयो ? « Khabarhub

भूकम्पको केन्द्र सिन्धुपाल्चोकमा कति क्षति भयो ?

भोटेकोशीको तुसारेमा सुख्खा पहिरो, घाइते बन्दी चौतारा अस्पतालबाट डिस्चार्ज


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार बिहान मध्यरातमा गएको भूकम्पले सिन्धुपाल्चोकमा सामान्य क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाले विज्ञप्ति सार्वजनिक गर्दै अहिले अवस्था सामान्य भएको जानकारी दिएका छन्।

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ स्थित भैरवकुण्ड आसपास केन्द्र भएर गएको ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्प जाँदा घाइते भएका एक कैद सामान्य उपचारपछि चौतारा अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। भूकम्पपछि भोटेकोशी गाउँपालिका ३ को तुसारेमा सुख्खा पहिरो गएको छ। मानव बस्ती नभएकाले उक्त क्षेत्रबाट मानवीय र भौतिक क्षतिको विवरण नआएको विज्ञप्तिमा उल्लेख छ।

भोटेकोशी गाउँपालिकाको कोदारीमा रहेको एक तले जस्ताको छानो भएको प्रहरीको ब्यारेक भवनमा सामान्य क्षति पुग्नुबाहेक अन्य कुनै दुर्घटना नभएको विज्ञप्तिमा प्रष्ट पारिएको छ।

जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्री प्रहरीका सुरक्षा टोली परिचालन गरिएको र क्षतिको अनुगमन कार्य भइरहेको प्रजिअ थापाको भनाइ छ।

भूकम्पपछि विभिन्न स्थानमा सुख्खा पहिरो, सडकमाथिबाट ढुंगा खस्ने जस्तो जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन र कुनै गम्भीर घटना भएको भए सुरक्षा युनिटलाई जानकारी गराउन अनुरोधसमेत विज्ञप्तिमार्फत् गरेको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार भूकम्पले हल्लाएपछि अत्तालिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका-५ का अन्दाजी ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका हुन्।

यो पनि

भूकम्पपछि भाग्दा एक बन्दी घाइतेः कोदारीको ब्यारेक भवनमा क्षति

सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्पको धक्का देशभर महसुस भएको थियो।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १० : १५ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ