हावाहुरीबाट लाखौँको केरा खेतीमा क्षति, किसान निराश | Khabarhub Khabarhub

हावाहुरीबाट लाखौँको केरा खेतीमा क्षति, किसान निराश


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इनरूवा– सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केरा खेती गरेका छन् । 

करिब ५० लाखको लागतमा जनमजदुर, खाद्य मल, बीउको अभावलगायत समस्याको बाबजुद केरा खेती गरेका हुन्। नगदे बाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त थिए। 

मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केरा खेती गरेका छन् । नौ लाख लागतमा उनले केरा खेती गरेका थिए । उनी पनि लगानीसहित नाफा लिने विश्वासका साथ केराको रेखदेख गर्दै थिए ।

तर केही दिनअघिको हुरीबतासले केरा खेतीमा क्षति पुर्‍याउँदा उनीहरू निराश भएका छन्। केरा खेतीमा गरिएको लगानीअनुसार प्रतिफल आउने निश्चिन्त भए पनि असिना पानीसँगै आएको हावाहुरीले केरा खेतीमा ठूलो क्षति भएको उनीहरूले जानकारी दिए।

उनी दुवै जना सुनसरीका लागि उदाहरणको पात्रमात्र हुन्। दुई दिन लगातार असिना पानीसँगै आएको हुरीबतासका कारणले सुनसरीका अधिकांश किसानको केरा खेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।

गत आइतबार राति र सोमबार साँझको हुरीबतासले खेतमा लगाएको केराको बोट ढलेर ठूलो क्षति भएको छ । स्थानीय किसानले ऋण लिएर गरेको केरा खेतीमा एकै पटक यस्तो ठूलो हावाहुरी आएकाले लाखौँको लगानी डुबाउनेगरी क्षति भएको गुनासो स्थानीय किसानले गरेका छन् ।

सुनसरी सदरमुकाम इनरूवासहित दक्षिणवर्ती क्षेत्रमा पटक–पटक आएको ठूलो हुरीले केराखेतीसहित गहुँ र मकैखेतीमा पनि क्षति भएको स्थानीय किसानले बताएका छन् । इनरूवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको स्थानीय किसान जब्बर मियाँले बताए।

दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरूवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताए। इनरूवामा मात्रै सय बिघा क्षेत्रफलमा केरा खेती भइरहेकामा अधिकांश केरालाई हुरीबतासले नोक्सान गरेको उनले बताए। करिब रू एक करोड बराबरको केरा खेती ढलेर नोक्सान भएको मेहताले बताए।

एकातिर फल्न लागेको केरामा क्षति अर्कातिर ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब प्रतिबिघा लाखौँ खर्च गर्नुपर्ने किसानको भनाइ छ । 

हुरीबतासले केरा खेतीमा अहिलेसम्मकै ठूलो नोक्सानी भएको किसान श्यामकुमार यादवले दाबी गरे । सुनसरीमा वार्षिक रूपमा पाँच सय २० हेक्टर अर्थात् एक हजार बिघामा केरा खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : ०४ बजे

माओवादी नेता आङ्बोको गाडीको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं– माओवादी नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र

प्रधानमन्त्री कार्कीले भनिन्- राष्ट्रिय परिचय पत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्नुस्

काठमाडौं– नागरिकले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा

विश्वप्रकाशको चेतावनी : जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले दिएको

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौं– तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका

‘जनतामा कांग्रेसप्रति भरोसा घट्यो, अब आश्वासन होइन, परिणाम दिन सक्नुपर्छ’

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले नयाँ राजनीतिक