पूर्वप्रमुख निर्वाचन आयुक्त यादव पनि माओवादीको अभियानमा « Khabarhub

पूर्वप्रमुख निर्वाचन आयुक्त यादव पनि माओवादीको अभियानमा

भने- अहिलेको परिवर्तनको संवाहक र संस्थापक नै माओ‌वादी


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रकले चलाइरहेको ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’मा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव पनि जोडिएका छन् ।

सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त यादव पनि जोडिएका हुन् ।

राजविराजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र माओवादीसँग एकताको निर्णय गरेका नेपाल समाजवादीका अध्यक्ष महिन्द्र राय यादवले पनि सम्बोधन गरेका थिए ।

माओवादी नेताहरूले सम्बोधन गरेको उक्त कार्यक्रमलाई अतिथिका रुपमा सहभागी पूर्वप्रमुख निर्वाचन आयुक्त यादवले पनि आफ्ना भनाइ राखे ।

पूर्वप्रमुख निर्वाचन आयुक्त यादवले सम्बोधनका क्रममा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संस्थापक दल भन्दै माओवादीको प्रशंसा गरे ।

उनले गणतन्त्रको संस्थापक भएका नाताले यो व्यवस्थाको रक्षा र कार्यान्वयनका लागि माओवादीले नै पहल लिनुपर्ने जिकिर गरे।

नेपालको अर्थ-सामाजिक रुपान्तरण अबको मूल दायित्व भएको उनले उल्लेख गरेका प्रचण्डको सचिवालयले जनाएको छ ।

मुलुकलाई समाजवादमा लैजान खोजिए पनि आर्थिक विभेद अझै कायम रहेकाले यसमा गहिरो ध्यान ध्यान जानुपर्ने पनि यादवले बताएका छन् ।

यसअघि नेसपा अध्यक्ष महिन्द्र राय यादव पनि बिहीबारदेखि माओवादीको तराई-मधेश अभियानमा जोडिएका थिए । सुनसरीको बर्जू गाउँपालिका-१ शुक्रबारेमा आयोजित सभाबाट यादव उक्त अभियानमा जोडिएका थिए ।

उनलाई माओवादी अध्यक्ष प्रचण्डसहितले स्वागत गरेका थिए। माओवादीले सुरू गरेको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को पाँचौँ दिन सप्तरीमा अभियान चलिरहेको छ।

कहिले माओवादीमा जोडिए अयोधी यादव ?

संवैधानिक अंगको प्रमुख र सदस्यबाट बिदा भएका व्यक्ति दलको विभागीय सदस्य बन्ने प्रचलन कमै छ। कानुनी निषेध नभए पनि संवैधानिक अंगमा बसिसकेकाहरू कमैमात्र राजनीतिमा लागेको उदाहरण छ ।

तर पूर्वप्रमुख आयुक्त यादव र भ्रष्टाचार मुद्दा खेपेका आयुक्त सुधीर शाह २०७८ मंसिर तेस्रो साता नै माओवादी केन्द्रको निर्वाचन विभागको सदस्य नियुक्त भएका थिए । उक्त विभागमा अधिवक्ता खिमलाल देवकोटा नेतृत्वमा २८ सदस्य छन् ।

माओवादीले यही फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ झापाको कचनकवलबाट शुरू गरेको थियो । त्यही अभियानमा यादव पनि सप्तरीबाट जोडिएर माओवादी नै उत्तम विकल्प भएको बताएका हुन् ।

डा. यादव १३ महिना लामो कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीपछि २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त बनेका थिए ।

त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीले डा. यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी थिइन् । यादव निर्वाचन आयोगको प्रमुख आयुक्त बनेकै दिन सुशीला कार्कीले पनि प्रधानन्यायाधीश पदको गोपनीयताको शपथ लिएकी थिइन् ।

२०६३ सालदेखि निर्वाचन आयोगमा कार्यरत उनी २०७५ चैत १० गते निर्वाचन आयोगबाट बिदा भएका थिए । त्यसपछि उनी माओवादीतिर जोडिएका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  २ : ४० बजे

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन्। मंगलबार

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।