ओलीबारे माधव नेपाल भन्छन्- संविधान मिच्ने उस्ताद, कानुनप्रति मतलब छैन « Khabarhub

ओलीबारे माधव नेपाल भन्छन्- संविधान मिच्ने उस्ताद, कानुनप्रति मतलब छैन


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिचेर अघि बढ्ने कुरामा उस्ताद भएको टिप्पणी गरेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री ओलीमाथि गम्भीर टिप्पणी गरेका हुन् । 

‘अहिलेका हाम्रा प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको उस्ताद हुनुहुन्छ । त्यो गर्ने कुरा प्रति गौरव बोध गर्नुहुन्छ,’ नेपालले भने, ‘उहाँलाई संविधानप्रति मतलब छैन, कानुनप्रति मतलब छैन । विधिसँग मतलब छैन । र, व्यापक परामर्श, छलफलसँग पनि कुनै मतलब छैन ।’

अध्यक्ष नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको अन्तर्वस्तु नै ठिक नभएको पनि बताए । ‘यसको त उद्देश्य पनि ठिक छैन । अरु अध्यादेशको बारेमा यो–यो राम्रो पनि भन्न सकिएला,’ उनले भने, ‘यस (भूमिसम्बन्धी अध्यादेश)को त अन्तर्वस्तु पनि ठिक छैन, छ वटा अध्यादेशमध्ये ।’ 

अध्यादेशका अन्तर्वस्तु ठिक भए पनि ठीक ढंगले तरिका नअपनाए देशको विधिको शासनमाथिको प्रहार हुने पनि जिकिर गरे । ‘तर, ठिक भएता पनि यदि, तरिका ठिक अपनाइएन भने, विधि अवलम्बन गरिएन भने, कानुनको सम्मान गरिएन भने, त्यसले देशको विधिको शासनमाथि प्रहार हुन्छ,’ अध्यक्ष नेपालले भने ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ३ : ४० बजे

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन

रोष्टममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले