ओलीबारे माधव नेपाल भन्छन्- संविधान मिच्ने उस्ताद, कानुनप्रति मतलब छैन « Khabarhub

ओलीबारे माधव नेपाल भन्छन्- संविधान मिच्ने उस्ताद, कानुनप्रति मतलब छैन


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिचेर अघि बढ्ने कुरामा उस्ताद भएको टिप्पणी गरेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री ओलीमाथि गम्भीर टिप्पणी गरेका हुन् । 

‘अहिलेका हाम्रा प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको उस्ताद हुनुहुन्छ । त्यो गर्ने कुरा प्रति गौरव बोध गर्नुहुन्छ,’ नेपालले भने, ‘उहाँलाई संविधानप्रति मतलब छैन, कानुनप्रति मतलब छैन । विधिसँग मतलब छैन । र, व्यापक परामर्श, छलफलसँग पनि कुनै मतलब छैन ।’

अध्यक्ष नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको अन्तर्वस्तु नै ठिक नभएको पनि बताए । ‘यसको त उद्देश्य पनि ठिक छैन । अरु अध्यादेशको बारेमा यो–यो राम्रो पनि भन्न सकिएला,’ उनले भने, ‘यस (भूमिसम्बन्धी अध्यादेश)को त अन्तर्वस्तु पनि ठिक छैन, छ वटा अध्यादेशमध्ये ।’ 

अध्यादेशका अन्तर्वस्तु ठिक भए पनि ठीक ढंगले तरिका नअपनाए देशको विधिको शासनमाथिको प्रहार हुने पनि जिकिर गरे । ‘तर, ठिक भएता पनि यदि, तरिका ठिक अपनाइएन भने, विधि अवलम्बन गरिएन भने, कानुनको सम्मान गरिएन भने, त्यसले देशको विधिको शासनमाथि प्रहार हुन्छ,’ अध्यक्ष नेपालले भने ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ३ : ४० बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना